शनिबार , बैसाख ८, २०८१

Kathmandu, Nepal

सत्तागठबन्धनमा खटपट आइरहेको , सभामुख अग्री सपाकोटालाई पदबाट हटाउँन कसरत भइरहेको , एमसीसी पास गर्ने तयारी लगायतका खबरहरु आइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा

एमालेले सत्तागठबन्धलाई ४वटा विकल्प दिएको छ। एमसीसीलाई जोडेर एमालेलाई मुछिएको बिषयमा एमाले अध्यक्ष केपी ओली , महासचिव शंकर पोखरेल लगायतका नेताहरुले आपत्ती जनाएका छन्‌ ।

सत्तागबठबन्धन भत्काउँने सर्तमा एमसीसी पारित गर्न एमाले सहमत भएको भन्ने प्रचारलाई एमाले उच्च तहका नेताहरुले अस्विकार गरेका छन्‌ । एमालेका शिर्ष नेताहरुले अहिले पार्टीको ध्यान समयमै स्थानिय तहको निर्वाचन हुनु पर्छ भन्नेमा रहेको बताउँने गरेका छन्‌ ।

माधव कुमार नेपाल सहितका १४ जना सांसदहरुलाई गरिएको कारबाहीको बिषयमा उचित निष्कर्ष नआउँदा सम्म कुनै पनि एजेण्डामा प्रवेशनै नगर्ने अडान एमालेले लिएको छ ।

संसदमा जारी अवरोध हटाउँनका लागी सत्तागठबन्धनलाई एमाले उपमहासचिव प्रदिप ज्ञवालीले ४ वटा विकल्प दिएका छन्‌। पहिलो विकल्प, एकीकृत समाजवादीका १४ सांसद पदमुक्त भएको सूचना

सभामुखले जारी गर्नपर्ने, दोस्रो सभामुखले एमाले फुटाउन आफ्नो क्रियाकलापले भूमिका खेलेको भन्दै क्षमायाचना गर्नपर्ने, तेस्रो सभामुखले राजीनामा गर्ने र चौथो पार्टी विभाजनका विषयमा

ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको फैसला कुर्ने,’ उनले भनेका छन्‌ । ज्ञवाली भने एमसीसी सम्झौतालाई राजनीतिक द्वन्द्वको विषय बनाइएको बताउँछन्‌ । उनले एमसीसी औपचारिक रूपमा संसद्मा

आएपछि एमालेले धारणा सार्वजनिक गर्ने पनि प्रष्ट पारेका छन्‌ । संसदमा आए पछि मात्रै एमसीसी के गर्ने भनेर एमालेले निर्णय गर्ने भन्दै उपमहासचिव ज्ञवालीले अहिले अनुमानका भरका गरिएको प्रचारको कुनै अर्थ नहुने बताएका छन्‌ ।

विगतमा सभामुखले गरेको असहयोग अहिलेको सरकारका पालामा पनि दोहोरिइरहेको एमालेका नेताहरूको भनाइ छ। ‘एमसीसीको बोर्ड बैठक बस्ने दिनलाई पन्छाउन प्रधानमन्त्रीसँग परामर्श नगरी

प्रचण्ड र माधव नेपालको निर्देशनमा उहाँले प्रतिनिधिसभा बैठक आफूखुसी सानँभएको बाहिर आएको छ । त्यो गम्भीर कुरा हो। विगतमा पनि उहाँले त्यस्तै ग्नैभएको हो,’ एमाले उपमहासचिव

प्रदीप ज्ञवालीले भने, ‘सभामुख सरकारलाई अप्ठ्यारो पार्ने पद होइन | सदनले फैसला गर्ने हो। सभामुख सदन र सरकारको बीचमा सहजकर्ता बन्ने हो।”

source: www.dainiknews.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय