मंगलबार , बैसाख ४, २०८१

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन्।

बालुवाटार श्रोतले दिएको जानकारी अनुसार केही दिनमै मन्त्रीपरिषद् विस्तार हुन लागेको हो।

यो पटक नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने करिब निश्चित भएको छ।

काँग्रेसको उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवाले कोइरालालाई मन्त्री बनाउन लागेका हुन्।

प्रधानमन्त्री देउवाले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा मन्त्री ल्याउन लागेका हुन् । कोइरालालाई रक्षा मन्त्रालय दिने सम्भावना छ ।

कोइराला यसअघि पनि विभिन्न समय मन्त्री तथा उपप्रधानमन्त्री बनिसकेकी छन्।

निर्वाचनको मिति तोकिसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाउने भएकाले प्रधानमन्त्री देउवा मन्त्री बनाउने प्राथमिकता दिएका हुन्।

दुई मन्त्री नियुक्त गर्न देउवाले बिहीबारको नियमित मन्त्रिपरिषद् बैठक नराखेको बुझिएको छ।

अब बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति तोक्ने देउवाको तयारी छ ।

त्यसअघि उद्योग र रक्षा मन्त्री बनाउने गरी उनी अगाडि बढेको काँग्रेस स्रोतले बतायो ।

रक्षामा सुजाता आउँदा उद्योग मन्त्रालयमा उमेश श्रेष्ठको सरुवा हुने श्रोतको दावि छ ।

श्रेष्ठ अहिले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राज्यमन्त्रीको भुमिकामा छन्।

तेस्तै, मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित भएको । विहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको भएपनि आजको बैठक भने अनिश्चित भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनक भट्टले मन्त्रिपरिषदको बैठक आज बस्ने बताए ।

उनले भने, ‘बिहिबार नियमित रुपमा मन्त्रिपरिषद बैठक बस्दै आएपछि आज मन्त्रिपरिषदको बैठक बस्दैन । अब अर्को बैठक सोमबार बस्छ होला ।

यस्तै महिला बालबालिका मन्त्री उमा रेग्मीले पनि मन्त्रिपरिषद बैठक बस्ने टुंगो नभएको बताइन्।

बिहिबार मन्त्रिपरिषद बैठक बसेर निर्वाचनको मिति घोषणा हुने अनुमान थियो ।

मंगलबार निर्वाचन आयोगका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति तोक्ने बताएका थिए ।

आयोगले ०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको थियो ।

आयोगले प्रस्ताव गरेको मितिमा आवश्यक प्रक्रिया पुयाएर मिति घोषणा गर्न सकिने बताएका थिए ।

तर आजको मन्त्रिपरिषद बैठक अनिश्चित भएपछि निर्वाचनको मिति तोक्न पनि बिलम्ब हुने भएको छ ।

सरकारले निर्वाचनको मिति घोषणा ल्याउन सकेको छैन । आयोगका अनुसार नगरिदिंदा आयोगले निर्वाचन कार्यतालिका मन्त्रालयमार्फत बजेट पास गर्नुपर्छ ।

निर्वाचनको मिति घोषणापछि अर्थ मन्त्रालयमार्फत बजेट पास हुन पर्छ।
सरकारले मिति घोषणा गर्न बिलम्ब गर्दा आयोगलाई समयको चाप बढ्ने देखिको छ।

तेस्तै, उत्तेजना फैलाउने अभिव्यक्ति दिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले

बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई बोलाएर छलफल गरेको छ।

छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगर र सदस्यहरुले मन्त्री जस्तो जिम्मेवार पदमा रहेको

व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल पुऱ्याउने खालको र उत्तेजनापूर्ण अभिव्यक्ति दिनु गलत हुने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय