बिहिबार , साउन २६, २०७९

काठमाडौं ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नेपाली

कांग्रेससँग गठबन्धन टुटेमा नेकपा (एमाले)सँग चुनावी तालमेल हुनसक्ने बताएका छन् ।

गठबन्धन आफूहरूका लागि मात्रै नभई कांग्रेसका लागि पनि अपरिहार्य भएको जिकीर

गर्दै वरिष्ठ नेता खनालले केहि गरी कांग्रेससँगको सम्बन्ध टुटेमा अरु विकल्पमा जाने बताएका हुन् ।

ईमेज च्यानलको कार्यक्रम हट सीटसँग कुरा गर्दै नेता खनालले अहिलेकै

अवस्थामा एमसीसी पारित नहुने र यसैका कारण गठबन्धन नटुट्ने दावी गरे।

एमसीसीलाई आउँदो चुनावपछि मात्रै संसदमै लैजाने विषयमा गठबन्धन दलबीच सहमति बनेको उनको भनाइ थियो ।

पूर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले एमसीसीसम्बन्धी आठ वटा डकुमेन्ट

लुकाएको आरोप लगाउँदै उनले ती डकुमेन्ट गम्भीर भएकाले आफूहरू झन् संवेदनशील बनेको पनि बताए।

एमसीसी पारित नभए पनि गठबन्धन कायम रहने दावी गर्नुभएका नेता खनालले देउवा र ओलीबीच मिलन हुनै नसक्ने दावी गरे।

एमसीसी अमेरिकाको एशिया प्रशान्त रणनीतिकै अंग भएको दावी गर्दै

उनले यसलाई चिनियाँ परियोजना बीआरआईसँग तुलना गर्न नमिल्ने पनि बताए।

फेब्रुअरी १ भित्र एमसीसी कम्प्याक्ट सम्झौता संसदबाट अनुमोदन नभए

सहयोग फिर्ता लैजाने अमेरिकाले चेतावनी दिएको समाचार आएका छन्, यसबारे जानकार हुनुहुन्छ?

मलाई समेत उद्धृत गरेर यसबारे केही समाचार आएका रहेछन्।

कसले, किन त्यसरी मैले बोल्दै नबोलेको कुरालाई बोलेको भनेर लेख्यो थाहा भएन।

फेब्रुअरी १ भित्र एमसीसी अनुमोदन नभए सहयोग फिर्ता लान्छौँ भनेर अमेरिकाले भनेको कुरा ब्यापक चर्चा भएकै हो।

मैले पनि त्यही हल्ला सुनेको हुँ। फेब्रुअरी १ त आइसक्यो। मलाई चाहिँ एमसीसी फिर्ता जान्छ भन्ने पटक्कै लाग्दैन।

एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन नभए गठबन्धन टुट्छ भनेर शनिबारको सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्रीले धम्की दिनुभएको हो कि होइन?

मैले प्रधानमन्त्रीले यसो भन्नुभयो भनेर कसैसँग बोलेको पनि छैन।

प्रधानमन्त्रीले कहीँ कतै त्यसरी धम्की दिनुभएको पनि छैन। गठबन्धन नै अप्ठ्यारोमा पर्छ भनेर भन्नुभएको पनि छैन।

मैले पनि सुनेको पनि छैन। किन त्यस्तो हल्ला चलाइयो, त्यसका पछि केही रहस्य होलान्

फेब्रुअरी १ भित्र एमसीसी कम्प्याक्ट सम्झौता संसदबाट अनुमोदन नभए सहयोग फिर्ता लैजाने अमेरिकाले चेतावनी दिएको समाचार आएका छन्, यसबारे जानकार हुनुहुन्छ? 

मलाई समेत उद्धृत गरेर यसबारे केही समाचार आएका रहेछन्।

कसले, किन त्यसरी मैले बोल्दै नबोलेको कुरालाई बोलेको भनेर लेख्यो थाहा भएन।

फेब्रुअरी १ भित्र एमसीसी अनुमोदन नभए सहयोग फिर्ता लान्छौँ भनेर अमेरिकाले भनेको कुरा ब्यापक चर्चा भएकै हो।

मैले पनि त्यही हल्ला सुनेको हुँ। फेब्रुअरी १ त आइसक्यो। मलाई चाहिँ एमसीसी फिर्ता जान्छ भन्ने पटक्कै लाग्दैन।

एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन नभए गठबन्धन टुट्छ भनेर शनिबारको सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्रीले धम्की दिनुभएको हो कि होइन? 

मैले प्रधानमन्त्रीले यसो भन्नुभयो भनेर कसैसँग बोलेको पनि छैन।

प्रधानमन्त्रीले कहीँ कतै त्यसरी धम्की दिनुभएको पनि छैन। गठबन्धन नै अप्ठ्यारोमा पर्छ भनेर भन्नुभएको पनि छैन।

मैले पनि सुनेको पनि छैन। किन त्यस्तो हल्ला चलाइयो, त्यसका पछि केही रहस्य होलान्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय