बुधबार , बैसाख १२, २०८१

काठमाडौं –

नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगनकुमार थापाल अस्वस्थ्य भएका छन् ।

उनी अस्वस्थ्य भएको खबर बाहिरिएपछि नेताकार्यकर्ता चिन्तित बनेका छन् ।

पूर्वमन्त्री समेत रहेका थापालाई सामान्य ज्वरोसहितका लक्षण देखिएको छ ।

२ दिनदेखि नेता थापालाई ज्वरो आएपछि काठमाडौंको ज्ञानेश्वरस्थित निवासमा आराम गरिरहेका छन् ।

नेता थापाले टेलिफोनमा भने, ‘१÷२ दिनदेखि सामान्य ज्वरो आएको छ । घरमै आराम गरेर बसेको छु ।’

घरमै आराम गरिरहेका नेता थापाले चिकित्सकहरूको सल्लाहअनुसार औषधि सेवन

गरिरहेका छन् । उनले पीसीआर टेष्टका लागि पठाएको जनाएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनका लागि तयारीहरू गरिरहेका बेला नेता

थापा अस्वस्थ्य भएका छन् । थापाले महामन्त्रीका लागि तयारी गरेका छन् ।

उनले महामन्त्री पदमा मत माग्दै आएका छन् । मत माग्दा माग्दै धपेडि भएपछि ज्वरो आएको जानकारहरुको भनाई छ ।

नेता थापाले भेटघाटलाई पातलो बनाएका छन् । उनले अति आवश्यक काममा मात्रै भेटघाट गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय