शुक्रबार , चैत्र १६, २०८०

नेपाली राजनीति

नेपाल विद्यार्थी संघले अनियमिततामा संलग्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ । बिहीबार त्रिवि उपकुलपतिको कार्यालय परिसरमा नेविसंघ त्रिवि समितिले प्रदर्शन गरेको हो ।

जनकपुरस्थित युथ क्याम्पसलाई ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बिसिए) कार्यक्रमका लागि दिइएको सम्बन्धन सो क्याम्पसको अनुगमनपश्चात् प्रक्रिया पूरा नभएको भन्दै त्रिभुवन विश्वविद्यालयले खारेज गरेको थियो ।

त्रिविबाट अनुगमनमा खटिएका कर्मचारीले युथ क्याम्पससँग घुस मागेको र घुस रकम नदिँदा त्रिविले सम्बन्धन खारेज गरेको नेविसंघको आरोप छ ।

यसै बिच कांग्रेस महाधिवेशन प्रतिनिधि एवम् नेविसंघ त्रिवि समिति सचीव योगेन्द्र रावलले त्रिवि पदाधिकारी बर्खास्ती गर्नुपर्ने निम्न आधार प्रस्तुत गर्नुभएको छ|

#त्रिवि_पदाधिकारीको_अनिवार्य_बर्खास्ती_किन?

१) तीन वर्ष भयो कोभिड १९ भएको । संसारका कुनै पनि विश्वविद्यालयमा एक दिन पनि क्यालेन्डर सरेको छैन । टियु अस्तव्यस्त कसरी भयो ? क्षमताविहिन नेतृत्वको भुमिका छ कि छैन ?

२) सम्पत्तिमा संसारको पाँचवटा धनी भित्र पर्ने विश्वविद्यालय शैक्षिक स्तर र गुणस्तरमा संसारका पाँच हजार भित्र पनि अटाउँदैन ? अहिलेको नेतृत्वले जिम्मेवारी लिने कि नलिने ?

३) विश्वविद्यालयको सम्बन्धमा भ्रष्टाचार, भवन निर्माणमा भ्रष्टाचार, वा चिया नास्तामा भ्रष्टाचार, विश्वविद्यालयको नेतृत्वमा प्राध्यापक डाक्टर हुन कि भ्रष्ट ?

४) स्ववियु निर्वाचन अर्थात फाल्गुन १४ आउने बित्तिकै त्रिवि पदाधिकारी विश्वविधालय छोडेर भाग्नुको पछाडीको रहस्य के हो?

५) गाउँका प्राथमिक विद्यालय डिजिटलाईज्ड भईसक्यो विश्वविद्यालयका कक्षाकोठा गाईगोठ जस्ता छन् । यसले विद्यार्थीको सिकाईमा नकारात्मक प्रभाव पारेको छ । जिम्मेवारी लिने कि नलिने ?

६) संसार बदलिएर कहाँ पुगिसक्यो त्रिभुवन विश्वविद्यालय २०१६ सालकै स्थितिमा छ । अलिकता पनि दुरदृष्टि नभएका व्यक्ति नेतृत्वमै रहिरहनु कति उचित हुन्छ ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय