मंगलबार , बैसाख ११, २०८१

इलाम-

स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई ‘क्लिन स्वीप’ हुँनबाट बचाएका वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन् ।

इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गरेका हुन् ।

सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेस क्लिन स्वीप हुँदा राई माओवादीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । सन्दकपुर

गाउँपालिकामा मात्रै होइन उनी इलामका दश वटा पालिकामा माओवादी केन्द्रबाट निर्वाचित हुने एक्ला वडाध्यक्ष हुन् ।

इलामका ८१ वडामध्ये एमालेले ४८ वडाध्यक्ष, नेपाली काँग्रेसले ३० वडाध्यक्ष जितेका थिए । त्यस्तै माओवादी केन्द्र सङ्घीय

लोकतान्त्रिक राष्ट्रिय मञ्च, र राष्ट्रिय जनमुक्ति मोर्चाले एक एक वडाध्यक्ष जितेका थिए ।

एमाले प्रवेश गरेका राईलाई एमालेको सन्दकपुर गाउँ पार्टी कार्यालयमा भएको एक कार्यक्रमका बिच एमालेका केन्द्रीय सदस्य राम राना, एमाले

इलामका अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष उदय राई, सचिव उमेश गुरुङले पार्टीमा स्वागत गरेका थिए ।

एमाले केन्द्रीय कार्यालयको बैठक थापाथलीमा

एमाले केन्द्रीय कार्यालयको बैठक पार्टी कार्यालय थापाथलीमा बसिरहेको छ ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ ।

बैठकमा उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवहरू योगेश भट्टराई,

गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, पद्मा अर्याल र छविलाल विश्वकर्मा सहभागी छन् । बैठकमा स्थानीय तहको निर्वाचनको मितिबारे छलफल हुने एजेन्डा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय