काठमाडौं:
राजनीतिक दल निश्चित सिद्धान्त, नीति र कार्यक्रमका आधारमा सञ्चालित हुन्छ ।
त्यसको उद्देश्य र गन्तव्य हुन्छ । नेपालका राजनीतिक दलहरूले पनि आफ्ना विधान
घोषणा र कार्यक्रममा सिद्धान्त र विचारबारे उल्लेख गरेका छन् ।तर, धेरैजसो व्यवहारमा त्य
सको औचित्य पुष्टि गरेकोे देखिन्न । ती सत्ता, कुर्सी, अवसर र निहित स्वार्थसामु निरर्थक
साबित हुने गरेका छन् । पद, शक्ति र सत्ताका लागि जुनसुकै वेला, जोसुकैले जोसँग
पनि गठजोड गर्नु दलका शीर्ष नेताको चरित्र नै बनेको छ । दलका सिद्धान्त, घोषणा र नीतिमा
‘शत्रु’ र प्रमुख प्रतिद्वन्द्वी भनिएकासँग समेत सरकारमा भागबन्डा, चुनावी तालमेल र साँठगाँठ
गर्न रत्तिभर नहिच्किचाउने प्रवृत्ति सर्वत्र छ निर्वाचनको कठोर प्रतिस्पर्धामा झन्डै दुईतिहाइ
बहुमत प्राप्त गर्दासमेत विपरीत विचार र नीति भएकाहरूलाई सरकारमा सहभागी ग
राउँदै साँठगाँठको राजनीति गरिएको पनि संसद्को यही कार्यकालमा देखियो ।
राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमान र अखण्डताजस्ता विषयमा फरक दृष्टिकोण भएकासँग
समेत सहजै साँठगाँठ र सत्ता साझेदारी गर्ने निहित स्वार्थबाट निर्देशित कुरूप राजनीति सायद नेपाली
राजनीतिवृत्तको ऐंजेरु नै हो ।यही प्रवृत्ति हाल कायम पाँचदलीय गठबन्धन, निर्वाचन
समयमा नगराउनेबारे भइरहेको अभ्यास र प्रमुख प्रतिपक्षीको मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचन गठबन्धनमा प्रकट भएको छ ।
यस्तो प्रवृत्तिका वाहक राजनीतिक दलका प्रमुख नेताहरू देखिएका छन् भने त्यसलाई हुर्काउन ओथारो बस्ने ठाउँका रूपमा महाधिवेशन
अधिवेशन र सम्मेलनहरू देखिन थालेका छन् ।सिद्धान्त वा विचार केवल जनता र कार्यकर्तालाई अलमल्याएर तिनको साथ र समर्थन
पाइरहनका लागि गरिने अभ्यासजस्ता मात्र हुन थालेका छन् । यो लोकतन्त्रका लागि अनिष्टकारी हो ।राज्यको संविधान र कानुन
तथा आफ्नै दलको विधानको परिपालना गर्नु शीर्ष नेताहरूको परम कर्तव्य हो । नेताहरू नै विधि, विधान र पद्धति आफूले मान्नुपर्ने नभ
ई सामान्य नागरिकका लागि हो भन्ने मानसिकताले ग्रस्त भएको देशमा लोकतन्त्र
सुशासन र वाञ्छित आर्थिक उन्नति हुन सक्दैन । यस्तै स्थितिबाट नेपाल पीडित हुँदै आएको छ ।
Source : nepalisamaj.com