बिहिबार , चैत्र १५, २०८०

काठमाडौं

सातामा दुई दिन सार्वजनिक विदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ ।

हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति,

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो ।

उक्त समितिले सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी

क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको छ ।

मन्त्रालयका सहसचिव कमलाप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ,

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदे व चिमिरे,

अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव

कविन्द्र नेपाल सहभागी भएको अध्ययन समितिले सरकारलाई यस्तो सिफारिस गरेको हो ।

समितिले सार्वजनिक विदाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा त्यसले मुलुकको

कुल गार्हस्थ उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गरी यस्तो सिफारिस गरेको हो।

आन्तरिक पर्यटन प्रवर्द्धन, सार्वजनिक खर्चमा कठौती, इन्धनमा कटौती, उत्पादकत्व

वृद्धिलगायत विषयमा अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको समितिले जानकारी दिएको

अहिले नेपालमा शनिबार मात्र सार्वजनिक बिदा दिने प्रचलन रहेको छ

मन्त्रालयले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हुने भन्दै सातामा दुई दिन

बिदा दिने प्रावधानबारे अध्ययन गर्न समिति गठन गरेको थियो।

समितिले विगतमा प्रकाशित कागज तथा दस्तावेजको अध्ययन,

पर्यटन सेवा प्रवाह ट्राफिक व्यवस्थापन तथा सरकारी खर्च सम्बन्धमा

दुई दिने विदाले पार्ने प्रभावबारे सरोकारवालासँग समेत छलफल गरेको थियो।

विज्ञहरुको राय, उद्योगी, ट्रेड यूनियनसँगको छलफलका निष्कर्षलाई

समेत अध्ययनको विधिमा राखिएको समितिले जनाएको छ।

अन्तर्राष्ट्रिय अभ्यास, सन्धी सम्झौता र नीति नियमलाई समेत अध्ययनको आधार मानिएको छ।

समितिले गरेको अध्ययन अनुसार संसारका ८८ प्रतिशत मुलुकमा सातामा दुई दिन सार्वजनिक बिदा दिइने गरेको छ

सातामा एक दिन मात्र बिदा दिने मुलुक १२ प्रतिशत रहेको अध्ययनमा देखिएको छ

एउटा देशले भने सातामा तीन दिनसम्म बिदा दिने गरेको छ।

सबैभन्दा बढी विदा दिने मुलुक कम्बोडिया र सबैभन्दा कम सार्वजनिक

बिदा दिने मुलुक मेक्सिको भएको अध्ययनमा उल्लेख छ। परिवारलाई समय दिनुपर्ने तर्क

नेपाली समाज र परिवारमा आएको संरचनात्मक परिवर्तनसँगै संयुक्त परिवारबाट क्रमश

समाज एकात्मक परिवारमा अगाडि बढेको छ।

अर्कोतर्फ महिलाहरुसमेत रोजगारी र व्यवसायमा आवद्ध भएका छन्।

यसले व्यवसायिक र व्यक्तिगत जीवनबीच सन्तुलन मिलाउन नसकेको

अवस्था बढ्दो क्रममा रहेको समेत समितिले उल्लेख गरेको छ । बालबच्चाको रेखदेख, स्पाहारसुसारमा समेत पर्याप्त समय दिन नपाएको

अवस्थालाई सम्बोधन गर्नुपर्ने समितिले उल्लेख गरेको छ ।

सेवाका लागि घरपायक स्थानमें सरकारी कार्यालय पुगेका कारण अब

दई दिन बिदा दिंदा उपयुक्त हुने निष्कर्षमा समिति पुगेको छ । सातामा ६ दिन घरबाट कार्यालय आउनु पर्ने, ६ पटक घर फर्कनुपर्ने समयलाई

उत्पादकत्वसँग दाँजेर यसले खर्च कटौती, सडकमा हुने ट्राफिक चापसमेतलाई आधार बनाई बिदाको सिफारिस गरिएको छ।

६ दिनको अवधिमा सातामा ४० घण्टा काम गर्नुपर्ने अहिलेको प्रावधानभन्दा ५ दिनको काम गरेर सातामा

४० घण्टा कार्यअवधि पुरा गर्दा कम खर्चिलो हुने तर्कसमेत समितिको रहेको छ ।

यो बाँकी रहेको समय व्यक्तिले परिवार, मनोरन्जन, घुमफिरमा बिताउँदा अर्थतन्त्रका अन्य समेत चलायमान हुने कक्षा गरिएको छ ।

शुक्रबार आधा दिन मात्र काम गर्नुपर्ने प्रावधानका कारण पूर्ण क्षमतामा काम नहुने अवस्थालाई

समेत समितिले दुई दिन बिदा आवश्यक रहेको तर्क गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय