बुधबार , बैसाख १२, २०८१

धनगढी – बाजुरा घर भएकी नौं वर्षीय बालिकाको बलात्कारको प्रयासपछि भारतको दिल्लीमा हत्या भएको छ। भारतको पुर्वी दिल्लीको सक्कपुरमा लक्ष्मी चदाराको बलत्कारको प्रयाससँगै हत्या भएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ।

उनको घर बाजुराको बुढीगंगा नगरपालिका-१ कुडी हो। उनी बुबा र आमासँगै भारतमा बस्दै आएकी थिईन्।

शुक्रबार पूर्वी दिल्लीको सक्कपुरको डी बल्क १ सय १३ ए नम्बरको घरमा बालिकाको बलात्कारको प्रयास पछि हत्या भएको भारतस्थित नेपाली राजदूतवासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए।

उनको भारतीय नागरिक बसिम अहमद उर्फ सनुले हत्या गरेको प्रहरीले जनाएको छ। उनलाई भारतीय प्रहरीले पक्राउसमेत गरिसकेको छ। बुबा देब चदारा त्यही घरको चौकीदारी गर्ने गरेका थिए भने आमा त्यही घरमा बसिम अहमद उर्फ सनुले चलाएको होस्टेलमा खाना पकाउने काम गर्दै आएको बुझिएको छ। शुक्रबार दिउँसो पौन १ बजे बुबा बाहिरबाट कोठामा आउँदा छोरीलाई अचेत अवस्थामा फेला पारेका थिए । छोरी अचेत अवस्थामा फेला परेपछि उनले अस्पताल पुर्याएका थिए। अस्पताल पुग्ने बित्तिकै चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए।

छोरीको हत्या भएको खबर पाएपछि भारतस्थित विभिन्न नेपाली संघ संगठन तथा नेपाली राजदूतावासलाई उनले सहयोग मागेका थिए। नेपालीहरुको सहयोगमा प्रहरीमा मुद्दा दर्ता गर्न र हत्यारालाई समात्न सहयोग गरेको नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रीय महासचिव खग्रेन्द्र बहादुर सिंहले बताए। बालिकाको आइतबार पोष्टमार्टमपछि दाहसंस्कार गरिएको छ।

अधिकारीका अनुसार सोही घरमा होस्टेल चलाउँदै आएका भारतीय नागरिक बसिम अहमद उर्फ सनुले बलात्कारको प्रयासपछि हत्या गरेको बताए। हत्या गरेको स्वीकार गरेका उनलाई भारतीय प्रहरीले समातेर छानबिन गरिरहेको छ । यौन सम्बन्ध राख्न नमान्दा घाँटी च्यापेर हत्या गरेको सनुले प्रहरी समक्ष स्वीकार गरेका छन्। पोष्टमार्टम गर्दा घाँटीमा औला अट्काइएको छाप र गुप्ताङ्ग वरपर बलात्कार गर्न प्रयास गरिएको प्रमाण भेटिएको अधिकारीले बताए।

दुई हप्ता पहिले पनी डोटी जिल्ला घर भएकी भारतमा बस्दै आएकी एक १४ वर्षीया बालिकालाई भारतको नयाँ दिल्लीमा आफ्नै मालिकको छोराले बलात्कार गरेको खुलेको थियो। दिल्ली पुलिसमा कार्यरत दलविर सिंहका ३३ वर्षीय छोरा पंकज सिंहले बलात्कार गरेको खुलेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय