काठमाडौ ।
विभाजित नेपालका कम्युनिस्ट समूहबीच सधैँ कार्यगत एकताका पक्षधर वामदेव गौतम यतिबेला
स्वयं एक्लिएका छन् । राष्ट्रिय राजनीतिमा सधैँ चर्चामा रहिरहने नेता वामदेव केही
समयदेखि सार्वजनिक रूपमा देखिएका छैनन् ।
नेपालको कम्युनिस्ट आन्दोलनमा छ दशक बिताइसकेका वामदेवले राजनीतिबाट सन्यास
लिन लागेको हो त यो सम्भव लाग्ने प्रश्न पनि होइन । त्यसो भए के गर्दै छन् त, वामदेव वामदेवलाई
लामो समयदेखि राजनीतिमा साथ दिँदै आएका डीबी कार्कीका अनुसार उनी निष्क्रिय छैनन् बरु पुराना
दस्तावेजको अध्ययन, पुनरावलोकन, नयाँ दस्तावेज लेखन तथा सम्पादन र सार्वजनिक
जीवनका विशिष्ट व्यक्तिहरूसँग बढाइरहेका छन् ।
नेपालमा कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध पार्ने प्रयास असफल भएपछि वामपन्थी,
लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट बनाएर समाजवादको दीर्घकालीन यात्रा
थाल्न ‘लोकतान्त्रिक शक्ति’ नामको नयाँ पार्टी निर्माणमा वामदेव लागेका छन्।
उनले केहि दिनमै नयाँ पार्टीको नाम लिएर पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी भइरहेको छ उनको सचिवालय छ।
‘नयाँ पार्टी दर्ताको तयारी भइरहेको छ। केही दिनमै निर्वाचन आयोगमा जान्छौं,’ सचिवालय स्रोतले भन्यो ।
गौतम अहिले राष्ट्रिय सभा सदस्य छन्।
२०७४ सालको संसदीय चुनावमा बर्दिया १ मा पराजित भएका गौतमलाई केपी शर्मा ओली
नेतृत्वको २०७७ मा राष्ट्रिय सभा सदस्य मनोनित गर्न सिफारिस गरेको थियो ।
सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मनोनित गरेकी थिइन् ।
गौतम ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य बनेका हुन्।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी हुँदा गौतम सचिवालय सदस्य थिए । नेकपा विभाजनपछि उनी
एमाले उपाध्यक्ष थिए । एमाले विभाजन भएपछि गौतमले उपाध्यक्षबाट राजीनामा दिएका
थिए तर उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० मा गएका थिएनन् ।
गौतम मंसिरमा भएको एमालेको १० औं महाधिवेशन प्रक्रियामा पनि सहभागी भएका थिएनन्।
२०५४ मा एमालेबाट विभाजित भएर गौतमले आफ्नो नेतृत्वमा नेकपा माले गठन गरेका थिए।
मालेले चार वर्षपछि २०५८ मा एमालेसँग एकता गरेको थियो