बुधबार , बैसाख १२, २०८१

Kathmandu, Nepal

सिद्धान्त विनाको राजनीतिले शक्तिलाई महत्व दिन्छ ।  राजनीतिका हरेक निर्णयहरु सत्ता, शक्ति र पैसालाई केन्द्रविन्दुमा राखेर गरिन्छ । अनि ‘प्रेम र युद्धमा सबै जाहेज’ भने जसरी सिद्धान्त, नैतिकता र

इमान्दारीलाई बन्धक बनाएर राजनीतिको नाममा ‘छलनीति’ शुरु हुन्छ ।  केपी शर्मा ओलीको दुईतिहाईको दम्भबाट शुरु भएको सर्वसत्तावादी चरित्र र व्यवहारले शेरबहादुर देउवा, माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई एक ठाँउमा उभ्यायो ।

यो गठबन्धन ओलीको सर्वसत्तावादको लागिमात्र नभएर नेपाली राजनतीमा भविश्यमा समेत आउन सक्ने सबै प्रकारका सर्वसत्तावादको विरुद्धको लागि पनि जरुरी थियो । आज सत्तागठबन्धनमा रहेका नेकपा एकीकृत

समाजवादी, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा कम्युनिष्ट व्यवहार नभएका तर कम्युनिष्ट चिन्तनबाट प्रशिक्षित समूहहरु हुन् । ओली जस्तै सर्वसत्तावादका हिमायती यी घटकहरुले लोकतन्त्रलाई तत्काल गरिखाने

भाँडो त बनाएका छन् तर लोकतन्त्रलाई आत्मसाथ गर्न सकेका छैनन् ।  यी तिनै घटकको राजनीतिक दस्तावेज हेर्ने हो भने प्रष्ट हुन्छ की नेपालमा विद्यमान लोकतन्त्रको रक्षा यिनले गर्ने छैनन् ।

यसर्थ नेपालमा लोकतन्त्रको रक्षाको लागि सधै अग्रणी भूमिकामा रहने पार्टी भनेको नेपाली कांग्रेस नै हो । यो अवस्थामा यिनै कम्युनिष्टहरुको सहयोगमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको भूमिकामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय