Kathmandu
काठमाडौं प्रतिनिधि सभाको १ सय ६५ प्रत्यक्ष सीटमध्ये जम्मा ६५ सीटमा
सत्तारूढ गठबन्धनले तालमेल गर्ने गरी नेताहरूले गृहकार्य थालेका छन् ।
सत्तारूढ गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समन्वय समितिमा यसबारे छलफल भैरहेको स्रोतले दावी गरेको छ ।
आगामी आमनिर्वाचनमा गठबन्धनसहित जाने सत्तारूढ दलहरूको तयारीका बीच भइरहेको यो गृहकार्यलाई कतिपयले
एमालेलाई डाउन साइज गर्ने रणनीतिका रूपमासमेत बुझेका छन् ।माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल
‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने १ सय ६५ सीटमै तालमेल गर्ने प्रयासमा छन् ।
तर प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले जित्न सक्ने सीटहरूमा मात्र तालमेल गर्ने
र बाँकीमा स्वतन्त्र ढंगले लड्ने मनासय बनाएका छन्।कम्युनिस्टहरूसँग तालमेल नगर्न देउवालाई आफ्नो पार्टीभित्रैबाट दबाब छ ।
त्यही भएर देउवाले केही सीटमा मात्र तालमेल गर्ने र बाँकीमा प्रतिस्पर्धा गर्ने आफ्नो अडान कायम गरेका हुन् संविधानअनुसार
निर्वाचित स्थानीय निकायका पदाधिकारीहरूको समयावधि जम्मा ५ वर्षको हुने भएकाले त्यसपछि निर्वाचन गर्दा
कर्मचारी तन्त्रलाई प्रभावित पार्न सकिने देउवाले बुझेका छन् । ७ सय ५३ मध्ये अहिले पनि सबैभन्दा धेरै स्थानीय
निकायको नेतृत्वमा एमाले रहेको छ ।५ वर्ष पूरा चरणको निर्वाचनमा निर्वाचित भएका स्थानीय निकायका
पदाधिकारीको समयावधि त्यसपछि सकिनेछ आफ्नो गठबन्धनमा रहेका माओवादी, समाजवादी,जसपा र जनमोर्चाको मन नजिते
कांग्रेसको विरुद्धमा प्रतिनिधि सभाको पहिलो विघटनपछि देउवाले कम्युनिस्टहरू जतिबेला पनि मिल्न सक्छन् भन्दै
ओलीइतर शक्तिसँग संयुक्त मोर्चा बनाएर अघि बढ्न आनाकानी गरेका थिए।चुनावमा फेरि कम्युनिस्टहरू मिल्न सक्ने
भयले देउवालाई यतिबेला सताएको छ।यसो गर्दा गठबन्धन पनि नभत्किने र आगामी निर्वाचनमा आफ्नो बहुमत पनि
आउने देउवाको बुझाइ छ ।६५ पछि बाँकी रहेको सीटमा कम्युनिस्टहरूकै तीव्र प्रतिस्पर्धा हुने भएकाले कांग्रेसले सहज जित
पाउनेभएकाले सहजै बहुमत ल्याउन सकिने बुझेका देउवाले प्रचण्ड र नेपाललाई आफ्नो अडान सुनाएका हुन् स्रोतका अनुसार
आगामी वर्षको मसिरमा तीनवटै निकाय ९ स्थानीय,प्रदेश र संघ० को निर्वाचन गर्ने सत्तारूढ गठबन्धनको अनौपचारिक सहमतिसमेत बनेको छ ।
Source : mediatodaynews.com