बिहिबार , चैत्र १५, २०८०

Kathmandu, Nepal

काठमाण्डाै – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । आज शुक्रवार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो ।

सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री गगन थापाले बैठकमा २४ जनाको नाम अनुमोदनका लागि प्रस्ताव गर्नुभएको थियो । बैठकले नाम सर्वसम्मत रूपमा अनुमोदन गरेपछि सम्पादन समिति गठन भएको हो ।

कांग्रेस विधानअनुसार ४६ सदस्यीय सम्पादन समिति बन्ने भए पनि आज १३ जना पदाधिकारीसहित ३७ जनालाई मात्र समेटिएको हो । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी पदेन सदस्य रहने व्यवस्था छ ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, शशांक कोइराला लगायतका नेता पनि सम्पादन समितिमा समेटिएका छन् । कांग्रेसले कार्यसम्पादन समितिको सदस्य हुने कोषाध्यक्ष र प्रवक्ता भने अझै तोकेको छैन ।

यस्ताे छ सूची : सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ , महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा

सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङदाम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय ‘डिना’, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार

रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत

सुनीलबहादुर थापा, शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, नारायण खड्का, जिपछिरिङ लामा,  सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही , आनन्दप्रसाद ढुङ्गाना ।

source: www.ujyaaloonline.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय