बिहिबार , चैत्र १५, २०८०

Kathmandu

रेणुका काफ्ले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी एमालेमै फर्किएकी हुन् ।

काफ्ले सर्लाहीकी चर्चित नेतामध्येमा पर्छिन् । उनले २०७४ सालको स्थानीइ निर्वाचनमा एमालेबाट

चुनाव जितेकी थिइन् ।पार्टीभित्रको आन्तरिक द्वन्दवका कारण माधव नेपाल संस्थापन

समूहबीच पार्टी विभाजन हुँदा उनले नेकपा एकीकृत समाजवादी को पक्षमा सनाखत गरेकी थिइन् ।

पार्टीका महासचिव शंकर पोखरेलले उनलाई पार्टीमा स्वागत गरेका थिए ।

एमाले नेता प्रभु साहका अनुसार काफ्ले निकटका दर्जनौं कार्यकताले पनि नेकपा एस परित्याग गरी एमालेमा प्रवेश गरेका छन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी वर्ष तीनै तहको निर्वाचन

हुने भएकाले तयारी थाल्नका लागि प्रदेश कमिटीलाई निर्देशन दिएका छन् ।प्रचण्डले सातै प्रदेश कमिटी इन्चार्ज र

अध्यक्ष एक पृष्ठको पाँच बुँदे परिपत्र गर्दै निर्वाचनका लागि अहिलेबाटै तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

‘आगामी वर्ष २०७९ निर्वाचन वर्ष हुने कुरा स्पष्ट नै छ । त्यसैले यसका निम्ति आवश्यक अध्ययन

विश्लेषण र योजना निर्माण कार्यका लागि पहल शुरू गर्न निर्देशन दिइन्छ,’ परिपत्रमा भनिएको छ

त्यसैगरी यही माघ १२ गते हुन गइरहेको राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका साझा

उम्मेदवारलाई जिताउन भूमिका खेल्न पनि उनले पार्टीमा निर्देशन दिएका छन् ।

‘यही माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनको उम्मेदवारहरूलाई

विजयी बनाउन समन्वयात्मक ढंगले परिचालित हुन र गर्न निर्देशन दिइन्छ,’ उनले भनेका छन

source : nagrikpatra.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय