शनिबार , बैसाख ८, २०८१

Kathmandu

नेकपा एमालेले राष्ट्रिय सभामा एक सिट जित्न सफल भएको छ। १९ सांसदको चार वर्षे कार्यकाल सकिएपछि बुधबार भएको

मतदानमा एमालेले प्रदेश १ बाहेक अन्य ६ प्रदेशमा भने ७ सिट गुमाएको छ।राष्ट्रियसभामा अहिले एमालेको २४ सिट छ। तर सात सिट

गुमाउँदा पनि ऊ पहिलो दलमै कायम रहने पक्का भएको छ।एमालेपछि राष्ट्रियसभामा माओवादीको १४, कांग्रेसको ७, एकीकृत समाजवादी ७, जनता समाजवादी २

लोकतान्त्रिक समाजवादी पार्टीको १ सिट छ। बाँकी ३ जना राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ।

तीमध्ये चार वर्षे कार्यकाल पूरा गरेका १९ सदस्यका लागि बुधबार मतदान भएको थियो। सात प्रदेशमा सात महिला

तीन दलित, दुई अपांगता तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सदस्यका लागि ४३ जना प्रतिस्पर्धामा थिए।

जसमा एमालेबाट प्रदेश १ मा अल्पसंख्यकतर्फ सोनम ग्याल्जेन शेर्पा विजयी भए। यससँगै गठबन्धनले यो निर्वाचनमा एमालेलाई क्लिन

स्विप गर्न बनाएको योजना पनि विफल भएको छ।रोचक त के छ भने राष्ट्रिय सभा निर्वाचनमा ७ सदस्य गुमाएर पनि एमाले पहिलो दलमै कायम छ।

नेकपा भंग र एमाले पनि विभाजितहुँदा२४सदस्यसहित एमाले पहिलो दल नै थियो। एमालेलाई पहिलो दलमा रोक्न बनाइएको कांग्रेस

नेतृत्वको गठबन्धनको प्रयास प्रदेश १ मा सफल भएन।जसकारण सात सिट गुमाएर पनि एमाले १७ सदस्यसहित पहिलो दलमै कायम

रहेको छ।निर्वाचनमा नेपाली कांग्रेससहितको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी,जनता समाजवादी पार्टी

र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ।एमालेले गुमाएको सात सदस्यमा नेपाली कांग्रेसले तीन,माओवादी

एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समान १–१ र जसपाले १ सदस्य जितेका छन्।

Source : mediatodaynews.com

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय