बिहिबार , साउन २६, २०७९

Kathmandu, Nepal

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

नेकपा एमाले कैलालीका जिल्ला सल्लाहकारसहित ६ जना नेकपा (एकीकृत समाजवादी)मा समाहित भएका छन् । विगत लामो समयदेखि कम्युनिष्ट

पार्टीमा काम गर्दै आएका कैलालीको चुरे गाउँपालिका पुराना नेता तिलबहादुर साउद सहितले नेकपा समाजवादी रोजेका छन् ।

आइतबार धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाह तथा पार्टीका प्रदेश उपसचिव, संसदीय दलका नेता

दीर्घ सोडारीले खाँदा दोसल्ला ओढाएर समाहित गराएका हुन् । यस्तै चुरे गाउँपालिकाका प्रेमलाल गौतम, जगत धामी, प्रेम पौड्याल, लालबहादुर

धामीले जनताका भावना अनुसार काम गर्ने व्यक्ति नेकपा समाजवादीमा मात्रै भएकाले यो पार्टी रोजेको तिलबहादुर साउदले बताए ।

यस्तै नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै कैलाली इन्चार्ज समेत रहेका दीर्घ सोडारीले पार्टीप्रति आकर्षण बढेको बताए । प्रवेशीहरुको लहर चलेकोसमाजवादी अभियानमा आउने जोसुुकैलाई उचित जिम्मेवारी दिइने बताए ।

यस्तै समाहित कार्यक्रममा बोल्दै पार्टीका सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले केपी ओलीको अहंकार र तानाशाही प्रवृत्तिका कारण पार्टीका पुराना नेता

तथा कार्यकर्ता मूल पार्टी नेकपा समाजवादीमै आउने विश्वास गरिन् । कम्युनिष्ट पार्टीमा स्थापित नेताहरु विस्तारै समावादीसँग जोडिंदैछन् ।

यहिअबस्थामा चुनाव भए माओवादी ६० र समाजवादीले ५१ सिट जित्ने, एमालेको अबस्था यस्तो आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

त्यतिबेलाको दुई कम्युनिस्ट पार्टीले पाएको मतलाई आधार मान्दा यथास्थितिमा चुनावमा गएमा नतिजा के होला ?

एमालेले १०३ र माओवादी केन्द्रले ५९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवार उठाएका थिए । सुर्य चिन्हमा उम्मेदवार बनेका १०३ मध्ये ७८

जना विजयी भएका थिए । गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर माओवादीका ३६ उम्मेदवार विजयी भएका थिए । १६५ निर्वाचन क्षेत्रमा

नेकपा एमाले र माओवादीको मात्र जोड्दा ११४ हुन आउँछ । यो प्रत्यक्षतर्फ निर्वाचित संख्याको दुई तिहाई हो ।

एमाले र माओवादी मिल्दा दुवैलाई चुनावमा ठूलो फाइदा पुगेको थियो । २०७० सालको निर्वाचनमा हार व्यहोरेको धेरै क्षेत्रमा एमाले उम्मेदवार माओवादीसँगको गठबन्धनले विजयी भएका थिए ।

source: www.globalnewssansar.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय