बिहिबार , बैसाख १३, २०८१

Kathmandu

अबको निर्वाचनमा प्रत्यक्षतर्फ एमाले शून्य सिटमा खुम्चिन्छ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक

रुपमा दुईपटकसंसद विघटन गरेर देशलाई प्रतिगामी दिशातर्फ लान खोजेपछि नेकपा (एमाले)को ओरालो यात्रा शुरु भयो ।

ओली कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न मात्रै होइन, सिंगो व्यवस्था नै ध्वस्त बनाउने मिसनमा रहेको ठहर गर्दै पाँच दलीय

गठबन्धन बन्यो र गठबन्धन सरकारले देशको नेतृत्व गरिरहेको छ ।प्रतिगामनविरुद्ध पाँच दलीय गठबन्धन बनेपछि एमाले

दिनप्रतिदिन कमजोर हुँदै गएको छ । एमालेभित्र असन्तुष्टिको आवाज आगोझै फैलिरहेको छ ।कतिपयले एमालेबाट विद्रोह नै गरेका छन् ।

कतिपय विद्रोहको तयारीमा छन् । एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नेहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

देशव्यापी प्रवेशको लहरले एकीकृत समाजवादीका नेता हौसिएका छन् । आगामी निर्वाचन, पाँचदलीय गठबन्धन, एकीकृत समाजवादी

र एमालेको भविष्यबारे नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य एवं सांसद मेटमणि चौधरीसँग दृष्टिले गरेको संवाद

नेकपा (एकीकृत समाजवादी) आगामी निर्वाचनमा देशकै निर्णायक शक्ति हुन्छ भन्दै आउनुभएको छ, त्यसको आधार के हो

आगामी चुनावमा एकीकृत समाजवादी पार्टी निर्णयक मात्रै नभएर नेपालकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको रूपमा स्थापित हुन्छ ।

यसै क्रममा एकीकृत समाजवादीले नेपालमा भएको सबै कम्युनिष्टहरूलाई एकताबद्ध गरि नेतृत्व गर्ने प्रकृयासमेत अगाडि बढाइसकेको छ ।

आजसम्म ३ वटा कम्युनिष्ट पार्टीहरूसँग एकता गरिसकेको यहाँहरूलाई स्मरण गराउन चाहन्छु । थप अरू पार्टीहरूसँग एकताको प्रक्रिया अघि बढेको छ ।

एकीकृत समाजवादी पार्टीले मुलुकको प्रणाली जोगाउने विषयमा, कानुनी राज्य निर्माणमा र संवैधानिक सर्वाेच्चलाई स्थापित

गर्नको लागि समेत महत्वपूर्ण भूमिका खेलेको छ ।नेपालका राजनीतिक दलहरूले नेपाली समाजको मनोविज्ञानलाई संबोधन गर्न सकिरहेका

छैनन र आफूलाई समयअनुसार बदल्नसमेत नसकिरहेको अवस्थामा नेपाली समाजले नयाँ अनुभूति खोजिरहेको छ ।

Source : sadaksanchar.com

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय