मंगलबार , बैसाख ११, २०८१

Kathmandu

दलहरु चुनावको तयारीमा लागिसकेका छन् । २०७९ सालको मंसिरभित्र चुनाव हुने निश्चितप्रायः भएको छ ।

सत्तागठबन्धनका केही घटक वैशाख या जेठभित्र चुनाव गर्ने पक्षमा छन् ।

२०७९ सालमा तीन तहको चुनाव हुनेछ । पहिले प्रतिनिधि सभा कि स्थानीय चुनाव

रु यो प्रश्न तेर्सिएको छ ।चुनावमा बहस चल्दै गर्दा दलहरुको ध्यान मधेश प्रदेशमा बढी गएको छ ।

८ जिल्ला रहेको मधेश र समथर भूभागहरुमा निर्वाचन क्षेत्र बढी छन् ।त्यहाँ आफ्नो प्रभाव बलियो बनाउन दलहरु सक्रिय भएका छन् ।

उनीहरुले चुनावी गठबन्धनको पूर्वाभ्यास गरिरहेका छन् ।सत्ता गठबन्धनको जनता समाजवादी पार्टी मधेशमा मजबुत छ ।

नेपाली काँग्रेससँग गठबन्धनमा रहेकाले जसपा चुनावमा पनि तालमेल गर्ने दाउमा छन् ।जसपाको काँग्रेससँग भरसक नभए

माओवादी र नेकपा एससँग गठबन्धनको सम्भावना देखिदैछ ।मधेशमा नेकपा एमालेको फरक रणनीति देखिन्छ ।

एमालेले मधेशमा महन्थ ठाकुर नेतृत्वको लोसपा र सीके राउत नेतृत्वको जनमत पार्टीसँग गठबन्धन गर्ने संकेतहरु गरिसकेको छ ।

राष्ट्रियसभाको १२ माघमा हुने चुनावमा एमाले र लोसपाबीच तालमेल भएको छ । यसलाई भविष्यमा हुने चुनावमा पनि

तालमेलको संकेतको रुपमा लिइएको छ ।ओली प्रधानमन्त्री हुँदा सीके राउतसँग सरकारले सम्झौता गरेको थियो ।

महन्थ ठाकुरसँग पनि ओली सरकारमा हुँदा नै सहमति बनाएका थिए ।उनले ठाकुरले

उठाएको मागको सम्बोधन पनि गरेका थिए । यसले यी शक्तिबीच निकटता बढाएको थियो ।

Source : dainiknewsnepaltv.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय