७ साउन,बुटवल ।
प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकार नै संघीयता असफल बनाउने दिशामा लागेको आरोप लगाएका छन् ।
‘अधिकार जति प्रधानमन्त्रीले आफ्नो मातहत राख्न खोज्ने, संविधानको मर्म बिपरित प्रदेश सरकारलाइ निकम्मा बनाउने,प्रदेशलाइ अधिकारै नदिने,प्रदेश र स्थानीय सरकार केन्द्रसरकार मातहत हो भन्दै हिड्ने यस्ले के संकेत गर्छ ?’रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कारमा उनले भने ।
प्रधानमन्त्रीले एक्लै सेना परिचालन गर्ने गरि बिधेयक ल्याउदैछन्,हामी बिरोधमा छौं उनले भने—‘गुठी बिधेयक,मानव अधिकार आयोग सम्बन्धि बिधेयक,मिडिया काउन्सिल बिधेयक, यी सब के हुन् ,कुन उद्धेश्यले आएका हुन् ? ’ उनले भने ।
ल एण्ड अर्डर प्रदेशमै हुनुपर्ने भन्दै शाहले सिडिओ पनि प्रदेश मातहत हुनुपर्ने बताए । मुद्धा ,मामिला,दण्ड जरिवाना,कर राजश्व सबै केन्द्रले नै गरेपछि प्रदेशको के काम उनले भने ।छिमेकी भारत र पाकिस्थानमा संघीयताको कार्यान्वयन कस्तो र कसरी भैरहेको छ भनेर हेर्नुपर्ने भन्दै शाहले प्रदेशका अधिकार केन्द्रले तान्न नहुने बताए ।
वाइडबडी काण्डमा प्रधानमन्त्री नै जथाभाबि बोल्दै हिड्नु गलत

सभापति शाहले वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियारले मुद्धा चलाउन ढिला गरेको बताए ।
समितिले भ्रष्टाचार भएको ठहर गरेपछी त्यसको प्रक्रियाअघि बढाउने संबैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धानले बिभिन्न बहाना बनाई ढिला गरी रहेको बताएका हुन् ।
सभापति शाहले वाइडबडी काण्डमा साढे ४ अर्व भ्रष्टाचार भएको हामीले प्रमाणसहित पेश गरेपछि कारबाहि गर्नेको साटो प्रधानमन्त्री आफै जथाभाबि बोल्दै हिड्नु लज्जास्पद भएको उनको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी जहाज खरिदका प्रकरणलाई अघि बढाउन नचाहेको शाहको भनाइ छ ।
‘ओली जी भन्नुहुन्छ उहां त यस्तो राम्रो मान्छे हुनुहुन्थ्यो भ्रष्टाचारै भएको छैन प्रधानमन्त्रीले नै त्यसो भन्न कहां मिल्छ ,प्रधानमन्त्री न्यायाधिष हो ? । ’
शाह भन्छन्—‘वाइडबढीमा साढे ४ अर्ब भ्रष्टाचार भएकै हो,शुभरत्नलाइ निलम्बर गर ,सचिबलाइ कारबाही गर भनेकै हौं,कार्यान्वयन गर्ने निकायले गरेन ।’ अब हामी के गर्ने हामी त झक्झकाउने,यर्थात् कुरा बाहिर ल्याउने समिति न हो ।
‘कारबाहि गर्नेपर्छ,जो सुकै मुछिएपनि छोड्नु हुन्न ।’शाहले भने ।
साढे ६ खर्ब बेरुजू,बिदेशी लगानी भित्रिन गाह्रँे
शाहले बजेटको आधा हिस्सा साढे ६ खर्ब बेरुजू हुंदा नेपालप्रति अन्र्तराष्ट्रिय निकायले हेर्ने दृष्टिकोण समेत नराम्रो भएको भन्दै यसरी लगानी भित्रिन गाह्रँे हुने बताए ।
‘सबै बेरुजू भ्रष्टाचार होइन तर बेरुजू धेरै हुदा शंका धेरै हुन्छ अहिले दातृ निकायले भन्न लागेका छन तिमिहरु कति अव्यवस्थित र अपारदर्शी छौ ।’उनले भने ।
सरकार गतल बाटोमा हिड्यो
कांग्रेस नेता समेत रहेका उनले सरकार गतल बाटोमा हिडेकोले जनताले नरुचाएको बताए । ‘जताततै कर बढाइएको छ,हत्या हिंसा,बलात्कार,दुर्घटना बढेको बढै छन् सरकार निदाएर बसेको छ ।’
इन्टरनेटमा ४२ प्रतिशत ट्याक्स संसारमा कहि छैन ,किताबमा १० प्रतिशत ट्याक्स हरेक चिजमा ३० देखि ३५ प्रतिशत कर लगाइदा जनता मर्कामा परेको शाहले प्रष्ट पारे ।
भिसिटी सिस्टम अब्यबहारिक भएको भन्दै उनले सरकारलाइ बुझेर जानेर मात्रै ब्यबस्था ल्याउन सुझाब दिए ।
‘अहिलेपनि हातैले लेख्ने बिल काट्ने धेरै ब्यापारि छन् ,नेटमा सबैको पहुच छैन,सबै हिसाब नेटमा राख्नुपर्यो नी यो अब्यबहारिक भो ।’उनले भने ।
लेखा समितिले असार र जेठमा साढे ६ खर्ब बेरुजुको हिसाब भेटाएको उनले जानकारी दिए ।
‘८ उपसमिति बनाएर मन्त्रालय,बिभाग र संस्थानमा बेरुजुको छलफल भएर टुंगायौं ,महालेखा प्रतिबेदन आयो भने बल्ल सार्वजनिक लेखा समितिले हेर्ने हो ,अब बेरुजु घटाउनुपर्छ ,बेरुजुमा २ खर्ब म्याद नाघेको,सोध भर्ना १ खर्ब भेटियो ’।
बिद्युतको ९ अर्व ९ करोड बक्यौता ः
’नेपाल बिद्युत प्राधिकरणले ९ अर्व ९ करोड बक्यौता उठाउनुबांकी रहेको छ । डेडिकेटेड लाइन र,टङ्क लाइन ,पैसा उठेकै छैन ।’
एनसेलमा पनि ६५ अर्ब भष्ट्राचार भएको लेखाको निचोड निकालेको बताए । अहिले सर्बोच्चको स्टे अडरले काम रोकिएको शाहले बताए ।
केन्द्रको कोलेनिकाले सूचना लुकाएको भन्दै शाहले असार मसान्तका बेला प्रतिबेदन सार्बजनिक गर्ने बेला वेवसाइट यो,ह्याक गरेकोले हाम्रो ध्यान त्यता पनि गएकोछ हामीले केहिदिनमै छलफल गर्छाै ।
कार्यक्रम क्लवका प्रदेश प्रमुख राम कुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय