Kathmandu
नेपाल आर्थिक रुपमा दुई शक्ति छिमेकी राष्ट्रहरु भारत र चीनभन्दा कमजोर छ ।
यसैबीचमा दुई शक्तिराष्ट्रहरुको टकरावले नेपालले ठूलै आर्थिक मूल्य चुकाउनुपर्ने देखिएको छ ।अमेरिका र चीनको टकरावले नेपालको राजनीति मात्र
प्रभावित छैन अर्थतन्त्र समेत प्रभावित भएको छ ।चीनलेनेपालमा दबेल्टएन्डरोडइनिसियटिभ बीआरआई सञ्चालनमा ल्याइसकेको छ ।
उसले विभिन्न देशमा बीआरआई परियोजना बढाइसकेको छ ।यसलाई चीनले विकाससम्बन्धी परियोजना भन्ने गरेपनि यसमा
उसको राजनीतिक स्वार्थ लुकेको देखिन्छ ।अमेरिकाले एमसीसी अगाडि बढाउन खोज्दैछ । एमसीसी सम्झौता भएको ५ वर्ष पुग्न लाग्दा पनि संसदबाट
पारित नभएकालेकार्यान्वयन हुन सकेको छैन । एमसीसी रोक्न चीन लागेको देखिदैछ । अमेरिका भने एमसीसी कुनै हालतमा पारित गराउन सक्रिय छ ।
एमसीसी रोक्ने र बढाउने खेलले सत्ता राजनीतिमा समेत असर परेको खुलिसकेको छ ।पछिल्लो समय एमसीसी रोक्न चीन रणनीतिक रुपमै लागेको छ ।
उसले नेपालसँगको सीमानाका ठप्प पारेको छ ।चीनले चाहेमा नेपालमा जुनसुकै बेला सामान निर्यात र आयात गर्न सक्ने अवस्था छ ।
विशेषगरी उसले आफ्नो स्वार्थ अनुसारको निर्यात गर्दै आएको छ ।र, नेपालको चाहना अनुसार न त निर्यात सम्भव भएको छ न त आयात नै
सम्भव देखिएको छ ।चीनले अघोषित रुपमा नाकाबन्दी लगाएको छ । चीनले नेपालमा अन्य शक्तिलाई प्रभाव बढाउन नदिन नेपालमाथि विभिन्न
तरिकाले दबाब बढाउन सीमामा कडाई गर्दै अघोषित नाकाबन्दी गरिदिएको छ ।यसले नेपालको अर्थतन्त्रमा दूरगामी नकारात्मक असर पर्ने निश्चितप्रायः छ ।
नाकाबन्दी लगाएपनि चीन यसलाई मान्न तयार छैन ।उसले कोरोना भाइरसको जोखिम भन्दै जवाफ दिइसकेको छ । १३ जनवरीमा प्रेस विज्ञप्तिमार्फत् चिनियाँ राजदूतावासका
प्रवक्ताले महामारीका कारण देखाएको हो । उसले एकतर्फी नेपालमा सामान पठाउन दिइएको भन्दै कोरोना भाइरसको
महामारीलाई पराजित गर्नु मुख्य उद्देश्य भएको भन्दै कूटनीतिक जवाफ दिएको छ ।तर, चीनले अहिलेको सत्ताबाट खुशी नभएको सन्देशहरु दिइरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा चीनले रुचाएका नेता होइनन् । देउवा प्रधानमन्त्री भएलगत्तै हुम्लामा चीनसँगको सीमा समस्याबारे
अध्ययन गर्न कमिटी गठन भई प्रतिवेदन नै तयार भएको छ । यसकारण पनि चीन देउवा सरकारप्रति आश्वस्त हुन सकेको छैन ।
अर्कोतर्फ, एमसीसी रोक्न चीनले विभिन्न रणनीति लगाएर दबाब बढाइरहेको छ ।अमेरिका र चीनको टकरावका कारण राजनीतिक
दलहरुको आन्तरिक राजनीति समेत प्रभावित बन्दै गएको छ । सत्ता राजनीतिमा यसको असर खुल्दै गएको छ । केही बर्षअघि भारतले
नेपालमाथि महिनौंको नाकाबन्दी गरेको थियो । नेपाल आर्थिक रुपमा सक्षम हुन नसक्दा हाहाकारको अवस्था सिर्जना भएको थियो ।
Source : sathikhabar.com