बिहिबार , बैसाख १३, २०८१

Kathmandu, Nepal

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बालकृष्ण खाँणलाई गृहमन्त्रीबाट हटाउने तयारी गरेका छन् । पार्टीमा समीकरण मिलाउनकै लागि प्रधानमन्त्री देउवाले केहि मन्त्रालयहरू हेरफेरको तयारी गरेको बताइएको छ ।

गृहबाट हटाएर खाँणलाई रक्षामन्त्रालयको जिम्मेवारी दिने तयारी भएको स्रोतले बताएको छ । कांग्रेस नेता मिनेन्द्र रिजालले महाधिवेशनमा महामन्त्रीको चुनाव हारेपछि नैतिकताको आधारमा रक्षामन्त्रालयबाट राजीनामा दिएपछि उक्त मन्त्रालय

खाली छ । सुरुमा रक्षा मन्त्रालयको जिम्मेवारी प्रकाशमान सिंहलाई दिने तयारी गरिए पनि सिंहले गृहमन्त्रीमा जोड गरेपछि खाँणलाई हटाउने तयारी गरिएको हो । रक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अहिले खाली रहेको अवस्थामा देउवाले मन्त्रिपरिषद

हेरफेर तथा पूर्णता दिनको लागि छलफल सुरु गरेपछि खाँणलाई हटाउन लागेको तथ्य बाहिर आएको हो । मंसिर अन्तिम साता भएको पार्टीको महाधिवेशनमा सभापतिका प्रत्यासी देउवालाई नेता सिंहले दोस्रो चरणमा सहयोग गरेर निर्वाचित गराउन सहयोग गराएका थिए ।

त्यतिखेर भएको सहमति अनुसार सिंहलाई उपप्रधानमन्त्री सहित रक्षामन्त्री बनाउन देउवाले तयारी गरेपछि उनले भने गृह नै मागेको स्रोतले दाबी गरेको छ । हालका गृहमन्त्री खाँणसँग प्रधानमन्त्री देउवा पछिल्लो समय रुष्ट बनेको चर्चा सेलाउन नपाउँदै उनलाई गृहबाट हटाउन थालिएको छ ।

खाँणले सुदुरपश्चिमका नेता र प्रहरीहरूलाई चिढाएको आरोप समेत लाग्ने गरेको छ । केहि समय अघि एआईजी हरि पाल लगायतले गृहमन्त्रीले आफूहरूलाई पूर्वाग्रही व्यावहार गरेको भन्दै देउवासँग ब्रिफिङ गरेपछि देउवा खाँणसँग चिढिएको बताइएको छ ।

कांग्रेसको महाधिवेशनमा आफूलाई पछि हट्न लगाएर आफूभन्दा कनिष्ठ नेताहरूलाई अगाडी बढाएको भन्दै खाँणले देउवासँग असन्तुष्टि पोखेका थिए । त्यसयता खाँणले देउवालाई सहयोग गर्न छाडेको समेत कांग्रेसभित्र चर्चा छ ।

‘कांग्रेसलाई निर्वाचनको बारेमा कहिल्यै पनि शङ्का नगरे हुन्छ’ नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मीनबहादुर विश्वकर्माले सरकार निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका छन् । र, आफ्नो पार्टीबारे निर्वाचनलाई लिएर कुनै शङ्का नगर्न पनि उनले आग्रह गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,“नेपाली कांग्रेसलाई निर्वाचनको बारेमा कहिल्यै पनि शङ्का नगरे हुन्छ । जस्तोसुकै कठिन परिस्थितिमा कांग्रेसले निर्वाचन सम्पन्न गरेको इतिहास छ ।

मुलुकमा निर्वाचन हुँदैन कि भन्ने अवस्थामा फेरि कांग्रेसकै नेतृत्वमा सरकार बनाएर भए पनि निर्वाचन गराएको इतिहास छ । मुलुकमा कांग्रेसको नेतृत्वमा निर्वाचन गर्दा निष्पक्ष निर्वाचन भएको छ ।”

उनले लत्काउलिन् प्रधानमन्त्री गिरिजाबाबुलाई ०६४ मा चुनाव हार्ने रिपोर्ट हुँदा पनि गिरिजाबाबुले चुनाव गराएको सुनाए । उनले भने,“उहाँले त्यति वेला कांग्रेस हार्न सक्छ भन्नुभयो, तर मुलुक जिताउन निर्वाचन गर्छु भन्नुभएको थियो ।

०७४ को निर्वाचनमा एमाले र माओवादी मिलेर चुनावमा गए, हामी पछि पर्यौं । तर, जनमतमा हामी ०७४ मा फस्ट भयौँ । म सबैलाई सुन्नेगरि भन्न चाहन्छु कि यो सरकार निर्वाचन नै गराउनको लागि बनेको हो । हाम्रो सभापति आदरणीय शेरबहादुर देउवाज्यूलाई सरकारमा जान आवश्यक नै थिएन ।

पार्टीले पनि चुनावको लागि सुझाव दिएको छ । उहाँले सर्वदलीय बैठक बोलाउनुहुन्छ, तर एमाले आउँदैन । निर्वाचन गर्ने कि नगर्ने भन्ने अब प्रश्न नगरौँ । बहुदलीय शासन प्रणालीमा निर्वाचन पहिलो प्राथमिकता हो ।

निर्वाचनको हकमा हामी संविधान वा कानुनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने धारणा छ, प्रधानमन्त्रीको पनि यही चाहना छ ।” स्थानीय तहको पदाधिकारीको पदावधि पाँच वर्षको हुने संवैधानिक व्यवस्था रहेको उल्लेख

गर्दै उनीहरूको कार्यविधि समाप्त भएको ६ महिनाभित्र निर्वाचन गराउनुपर्ने पनि उल्लेख गरे । उनले प्रधानमन्त्री निर्वाचनको लागि चिन्तित रहेको सुनाए ।

source: www.newsparda.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय