मंगलबार , चैत्र ६, २०८०

Kathmandu

शहरी विकासमन्ती रामकुमारी झाक्रीको देवस्काण्ड बाहिरिएको छ ।धनकुटा घर भएका झाक्रीका देतर युवराज गिरीको काण्ड भाइरल भएको हो।

धनकुटा घर भएका सुब्बा पदका गिरी लामो समयदेखि मन्त्रालयमा स्टोर प्रमुखको जिम्मेवारीमा छन् ।तर उनी स्टोर र स्टोरको काममा होइन, जतिबेलै मन्त्रीकै अघिपछि भेटिन्छन् ।

मन्त्रीको दैनिक कार्यतालिकाको विषयमा सचिव, सहसचिव र सचिवालयका कर्मचारी भन्दा बढी उनी जानकार हुन्छन् ।

झाँक्री मन्त्री भएको बेलामा मात्रै होइन, उनको वाफ अरु मन्त्री हुँदा पनि उत्तिकै थियो ।तर, मन्त्रालयमै पूरै हालीमुहाली गर्न भने पाएन थिएनन् ।

यसपटक मन्त्रीको आगमनसँगै उनलाई यत्ति सजिलो भयो कि उनी सचिवालयका कर्मचारी, सचिव

सहसचिव सबैभन्दा माथिल्लो तहमा पुगेर काम गर्न थाले । अरु पार्टीका मन्त्री हुँदा पनि सुब्बासापको

स्वाफमा भने कमी नभएको यसअघिका मन्त्री र उनका सचिवालयका कर्मचारीहरूको अनुभव छ

‘उहाँको रवाफ नै ठूलो हुन्थ्यो, कुन्नी के छ त्यस्तो, यसअघिका मन्त्रीको सचिवालयमा रहेका भन्छन्, सचिव र सहसचिव

भन्दा उहाँकोरजगज बढी थियो । मन्त्रालयमा कार्यरत कर्मचारी पनि उनको हर्कतबाट असन्तुष्ट छन् ।

अधिकृत स्तरका कर्मचारी मात्र होइनन्, सचिव समेत उनको व्यवहारबाट दिक्क छन्।

‘आफू राम्रो बनेर अरुलाई नराम्रो देखाउने राम्रै कला रैछ उहाँमा’, गिरीबाट दिक्क भएका मन्त्रालयमा

कार्यरत एक कर्मचारीले भने, ‘मन्त्रीको भन्दा बढी रवाफ उहाँको हुन्छ, त्यो देख्दा पो अचम्म लाग्छ त !’

गिरीमाथि २०७२ सालमा शहरी विकास मन्त्रालयले हतारमा त्रिपाल खरिद गरेर अनियमितता गरेको आरोप लागेको थियो ।

Source : medianewstoday.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय