बुधबार , बैसाख १२, २०८१

शोभाखर पन्थी / पहिलो अपडेट, अर्घाखाँची

नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले विभिन्न कार्यक्रमको आयोजना गरि ४१ औं पुष्पलाल स्मृति दिवस मनाएको छ ।
नेकपाले जिल्लाका विभिन्न स्थानमा प्रवचन,बृक्षारोपण लगायतका कार्यक्रमको आयोजना गरि पार्टीका संस्थापक महसचिबको स्मरण गरेको हो ।
नेकपा जिल्ला कमिटीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता ठाकुर कुमार बि.क.किशोरले नेपालको राजनीतिक परिवर्तनमा पुष्पलालले पुर्‍याउनु भएको योगदान अतुलनीय भएको बतउनु भयो । उहाँले कमरेड पुष्पलालमा भएको अदम्य साहस र दुरदृष्टिका कारण मुलुकमा गणतन्त्रको स्थापना भएको भन्दै गणतन्त्रको संस्थागत बिकास , राष्ट्रको उन्नति र समृद्धिको निम्ति सबैपक्ष एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा प्रदेश कमिटीका सदस्य छमकुमारी खनाल चिनारी , जिल्ला कमिटीका सदस्य प्रेमनारायण गैरे,राजेन्द्र भुसाल , रामचन्द्र पोखरेल, भविश्वर पाण्डे ,ओपि पाण्डे ,रामबहादुर रायमाझी ,प्रकाश ज्ञवाली ,नायण अर्याल ,नेकपा सन्धिखर्क वार्ड नं.१ का अध्यक्ष लक्ष्मण पराजुली , वडा नं. २ का अध्यक्ष टोपलाल खनाल,प्रकाश भुसाल , नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी लगायतका वक्ताहरूले मन्तव्य राख्दै नेकपाका संस्थापक अध्यक्ष पुष्पलाल विश्वका सर्वहारा वर्गको सच्चा नेता भएको बताउनुभयो ।
यसैबीच मालारानी वार्ड नं ३ खन दह पार्टी कार्यालयमा ४१ औं पुष्पलाल स्मृति दिबस मनाईएको छ । कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता नरेन्द्र कुमार क्षेत्रीले राजनीतिक परिवर्तन पछि मुलुकमा बिकास र सम्बृद्धिक‍ो सुरुवात भएको बताउनुभयो । उहाँले सर्बहारा बर्गक‍ो मुक्तिको निम्ति कमरेड पुष्पलालले पुर्‍याउनु भएको योगदानको मुक्तकण्ठले प्रसंसा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय