बुधबार , बैसाख १२, २०८१

Kathmandu

वैशाखमा चुनाव नगर्ने सत्ता गठबन्धनको सहमति भएको छ । सत्तारुढ ५ दलीय गठबन्धनमा २०७९ साल असोजपछि मात्रै स्थानीय

निर्वाचन गर्ने सहमति जुटेको छ । बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले संविधानसँग बाझिएका कानून संशोधन गरी असोज

उप्रान्त स्थानीय निर्वाचन गर्ने सहमति गरेको हो ।जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा‍ बाबुराम भट्टराईले

२०७४ सालमा तीनै चरणको निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल पूरा भएपछि मात्रै स्थानीय निर्वाचन गर्ने सहमति भएको बताएका छन् ।

तीन चरणमा भएको स्थानीय तहको कार्यकाल कुन मितिलार्य मान्ने भन्ने विवाद अहिले चलिरहेको छ । २०७४ सालमा बैशाख ३१ गते, जेठ

३१ गते र असोज २ गते स्थानीय तह निर्वाचन भएको थियो ।वैशाख ३१ लाई स्थानीय निर्वाचनको कार्यकाल मान्नुपर्ने वा असोज २ लाई

मान्नुपर्ने भन्ने दुईथरी आवाज अहिले छ । यसअघि गठबन्धनले कानून कानून व्यवसायीहरुसँग छलफल गरेको थियो ।

छलफलमा व्यवसायीहरुले संविधानसँग बाँझिएका निर्वाचनसम्बन्धी कानून संशोधन सुझाव दिएका थिए । सरकारका प्रवक्ता एवं सञ्चारममन्त्री ज्ञानेन्द्रबहादुर

कार्कीले संविधानसँग बाझिएका कानून संशोधन गर्न सरकारलाई सुझाव व्यवसायीहरुले दिएको बताए ।

Source : tarunpatrika.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय