मंगलबार , चैत्र ६, २०८०

काठमाडौं –

दलहरु चुनावको तयारीमा लागिसकेका छन् । २०७९ सालको मंसिरभित्र चुनाव हुने निश्चितप्रायः भएको छ ।

सत्तागठबन्धनका केही घटक वैशाख या जेठभित्र चुनाव गर्ने पक्षमा छन् ।

२०७९ सालमा तीन तहको चुनाव हुनेछ । पहिले प्रतिनिधि सभा कि स्थानीय चुनाव ?

यो प्रश्न तेर्सिएको छ । चुनावमा बहस चल्दै गर्दा दलहरुको ध्यान मधेश प्रदेशमा बढी गएको छ ।

८ जिल्ला रहेको मधेश र समथर भूभागहरुमा निर्वाचन क्षेत्र बढी छन् ।

त्यहाँ आफ्नो प्रभाव बलियो बनाउन दलहरु सक्रिय भएका छन् । उनीहरुले चुनावी गठबन्धनको पूर्वाभ्यास गरिरहेका छन् ।

सत्ता गठबन्धनको जनता समाजवादी पार्टी मधेशमा मजबुत छ । नेपाली काँग्रेससँग गठबन्धनमा रहेकाले जसपा चुनावमा पनि तालमेल गर्ने दाउमा छन् ।

जसपाको काँग्रेससँग भरसक नभए माओवादी र नेकपा एससँग गठबन्धनको सम्भावना देखिदैछ ।

मधेशमा नेकपा एमालेको फरक रणनीति देखिन्छ ।

एमालेले मधेशमा महन्थ ठाकुर नेतृत्वको लोसपा र सीके राउत नेतृत्वको जनमत पार्टीसँग

गठबन्धन गर्ने संकेतहरु गरिसकेको छ । राष्ट्रियसभाको १२ माघमा हुने चुनावमा एमाले र लोसपाबीच तालमेल भएको छ ।

यसलाई भविष्यमा हुने चुनावमा पनि तालमेलको संकेतको रुपमा लिइएको छ ।

ओली प्रधानमन्त्री हुँदा सीके राउतसँग सरकारले सम्झौता गरेको थियो ।

महन्थ ठाकुर सँग पनि ओली सरकारमा हुँदा नै सहमति बनाएका थिए ।

उनले ठाकुरले उठाएको मागको सम्बोधन पनि गरेका थिए । यसले यी शक्तिबीच निकटता बढाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय