शुक्रबार , बैसाख ७, २०८१

काठमाडौ ।

नेपाली कांग्रेसका युवा नेता गगन थापाले राजतन्त्र आऊछ भन्नु हास्यास्पद रहेको नेपाल संघिय

गणतन्त्रिक मुलुकमा परिवर्तन भईसकेको र सबैले संस्थागत गर्दै अघि बढ्नुपर्ने जोड दिएका छ्न ।

नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आगामी निर्वाचमा कम्युनिष्ट, मधेसवादी र राप्रपा

मिलेपनि काँग्रेस एक्लैले बहुमत ल्याउने दावी गरेका छन् ।

काठमाडौं महानगरपालिकाको काँग्रेस अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता थापाले

आगामी निर्वाचनमा काँग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारे।

उनले त्यसका लागि केही ध्यान दिनुपर्ने पनि औल्याए । ‘काँग्रेस कसैसँग मिलेर चुनावमा जाने होइन।

कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसँग मिल्ने होइन,’ उनले भने, ‘उनीहरू मिले पनि जित्न सक्छौँ।

त्यसको लागि हामीले पनि ध्यान दिएर लाग्नुपर्छ।’

उनले थपे, ‘काँग्रेसले आगामी निर्वाचनमा कोहीसँग तालमेल गर्दैन। एक्लैले बहुमत ल्याउँछ।’

नेता थापाले काँग्रेसमा सुद्धिकरणको आवश्यता रहेको पनि औंल्याए ।

अहिलेकै अवस्थामा नेपाली काँग्रेसले देशको नेतृत्व गर्न नसक्ने बताए ।

अहिलेको अवस्थामा रहेन नेपाली काँग्रेसलाई जनताले भरोसा नगर्नेसमेत उनको भनाइ छ।।

यो पनि नेकपा एमालेका सचिब पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।

लुम्बिनी प्रदेशमा सत्ता परिबर्तनप्रति चिन्तित हुदै सचिब गुरुङले अध्यक्ष ओलीकै कारण एमाले खरानी बन्न सक्ने बताएका हुन ।

अध्यक्ष ओलीमा बिकसित भएको अहंकार, दम्भ र ब्यक्तिबादले पार्टी समाप्त हुन सक्ने खतरा उत्पन्न भएको उनको भनाई छ ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट गम्भीर शिक्षा लिदै नेकपा एमालेले सामुहिक नेत्तृत्व प्रणालीलाई

अपनाए पनि अध्यक्ष ओलीले यसको पालना नगर्दा पार्टी बिघटनको दिशातिर उन्मुख भएको उनको भनाई छ ।

‘हाम्रो मौजुदा बिधानले नै सामुहिक नेत्तृत्व प्रणालीलाई अंगीकार गरेको छ ।

तर अध्यक्ष ओली उत्तर कोरियाली कम्युनिष्ट पार्टीको प्रमुख जस्तो गरेर अघि बढ्न थालेपछि समस्या देखा परेको हो ।’

सचिब गुरुङ भन्छन् ‘ओलीको त्यस्तो ब्यक्तिबादी कार्यशैलीकै कारण एमालेलाई अपुरणीय क्षति भइसक्यो । अब त पार्टी खरानी हुन मात्र बाँकी छ ।’

अध्यक्ष ओलीको दम्भका कारण यसअघिको निर्बाचनमा प्राप्त भएको एमालेको बिरासत ढल्न सुरु गरेको सचिब गुरुङको भनाई छ । ‘

एमाले ०७३ साल र ०७४ सालका निर्बाचनमा तीनै तहमा ठूलो दल आफ्नो बिरासत कायम ग¥यो । त्यसैले बहुसंख्यक स्थानीय सरकारसहित प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश गरी पाँच प्रदेशको सरकारको नेतृत्व गर्ने अबसर पायौं पनि ।

संघमा पनि स्पष्ट बहुमतका साथ सत्तासिन भयौं ।’ उनी भन्छन् ‘आज अध्यक्ष ओलीको अहंकार र एक्लै हिड्ने प्रबृतिका कारण संघ गुम्यो, गण्डकी गुम्यो, लुम्बिनी गुम्यो । अझै अरु गुम्नेवाला छन् ।’

साढे तीन बर्षमै यति ठूलो क्षति ब्यहोर्नुले एमालेको भबिश्य के होला भनेर चिन्ता गर्नु पर्ने बेला आउको उनको भनाई छ । ‘आफ्नो बहुमत नहुदा सत्तामा आउने जाने हुन्छ । तर अहिलेको अबस्था यस्तो होइन ।’ उनी भन्छन् ‘ओली कमरेड एक्लै हिड्ने दम्भ पाल्दाको परिणति हो, यो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय