बिहिबार , बैसाख १३, २०८१

काठमाडौं –

राजनीतिमा नामभन्दा बद्नाम कमाएका व्यक्ति हुन् प्रेम आले ।

नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका उनी तत्कालीन गाउँपालिकाको अध्यक्षमा टिकट नपाएपछि एमाले प्रवेश गरेका थिए ।

काठ तस्करीको मुद्धासमेत खेपेका आले यति बेला भने चर्चामा छन् ।

रानजीतिमा खासै चर्चामा नआएका पात्र आले बनमन्त्री हुँदा अक्सिजन सिलिण्डरमा आफ्नो

फोटो टाँस्ने र रुखले कार्वनडाइअक्साइड दिन्छ भनेर भाषण गरेर चर्चामा आएका थिए ।

बनमन्त्रीका रुपमा पनि कार्यक्षमता अभाव देखिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ६ महिनामै मन्त्रीबाट हटाएका थिए ।

ओलीले मन्त्रीबाट हटाएको रिसमा उनी एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे र मन्त्री बने ।

मन्त्री बनेको तीन महिनासम्म पनि गुमनाम थिए आले ।

तर नारायणहिटी संग्रहालयमा बतास समूहले निर्माण गरिरहेको क्यान्टिनको विषयले उनलाई फेरि चर्चामा ल्याइदिएको छ।

अघिल्लो सरकारकै पालालमा टेण्डर प्रक्रियाबाट क्यान्टिन निर्माणको अनुमति पाएको बतास समूहले नारायणहिटीभित्र अस्थायी संरचना बनाइरहेको थियो ।

सरकारकै प्रत्यक्ष निगरानीमा क्यान्टिन सञ्चालनको काम अगाडि बढिरहेका बेला संस्कृति,

पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेको ठाडो निर्देशनमा क्यान्टिन सञ्चालनका लागि निर्माणाधीन अस्थायी संरचना हटाइयो ।

मन्त्री बनेको तीन महिनासम्म वेवास्ता गरेका आलेले चर्चामा आउनकै लागि संग्रहालयभित्रको क्यान्टिन भत्काउने काम गरेको मन्त्रालयकै केहि अधिकारी बताउँछन् ।

सरकारले व्यवसाय सञ्चालनका लागि दिएको अनुमति लत्याउँदै मन्त्री आलेले गैरकानुनी

रुपमा संरचना भत्काउने र त्यसलाई मिडियावाजी गर्दै चर्चामा आउने जुक्ति निकाले । त्यसमा पनि केहिहदसम्म सफल पनि भए ।

निजी क्षेत्रको उछितो काटेर आफूलाई सफल देखाउने मन्त्री आलेको स्टन्ट त्यतिमै रोकिएन । उनको नजर तिलगंगामा रहेको धर्मशालातर्फ सोझियो ।

सरकार र बतास समूहबीचको सहमतिमा सञ्चालित धर्मशालालाई उनले चर्चामा आउने अर्काे माध्यम बनाए ।

नीतिगत कामभन्दा पनि उपद्रो मच्चाएर चर्चामा आउने मन्त्री आलेको खास असलियत भने लुम्बिनी प्रकरणले उदांगो पारिदिएको छ ।

काठमाडौंमा मिडिया स्टन्ट गरेर चर्चामा आएका आलेको पोल तब खुल्यो,

जब उनले मन्त्रीको ठाडो आदेशमा लुम्बिनी परिसरभित्र रिसोर्ट खोल्न एक व्यवसायीलाई अनुमति दिएको समाचार सार्वजनिक भए ।

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

आध्यात्मिक अभ्यासका लागि छुट्याइएको यही जग्गामा व्यावसायिक रिसोर्टको अनुमति दिन मन्त्री आलेको ठाडो आदेशमा कोषले अपारदर्शी प्रक्रिया थालेको हो ।

पर्यटनमन्त्री आले अध्यक्ष रहेको कोषले व्यवसायी सुरज वैद्यकी छोरीको स्वामित्वमा रहेको कम्पनीसँग सिधै प्रस्ताव मागिसकेको छ ।

सरकारले टेण्डर आह्वान गरेर सम्पूर्ण प्रक्रिया पुरा गरेर बतास समूहले नारायणहिटीभित्र

सरकारी प्रस्ताव अनुसार नै क्याफ्टेरिया सञ्चालन गर्दा गुण्डागर्दी शैलीमा भत्काउने आदेश दिएका थिए मन्त्री आलेले ।

तर उनै मन्त्री आलेले लुम्बिनीजस्तो बौद्धमार्गीको आस्थाको केन्द्रमा एक व्यवसायीलाई कुनै प्रक्रिया नै पुरा नगरी रिसोर्ट खोल्न ठाडो आदेश दिएका हुन् ।

‘सम्सारा वेलनेस रिसोर्ट’ का तर्फबाट सभाना वैद्य बस्न्यातले राखेको प्रस्तावका आधारमा आलेको अध्यक्षतामा गत मंसिर ११ मा बसेको कोषको बैठकले सम्सारासँग विस्तृत प्रस्ताव माग गर्ने निर्णय गरेको हो ।

कोषका एक सदस्यका अनुसार बैठकमा मन्त्री आले आफैंले एजेन्डा ल्याएर निर्णयसमेत सुनाएका थिए ।

उनका अनुसार त्यति बेला अनौपचारिक बैठक भनेर सीमित पदाधिकारीलाई मात्र बोलाइएको थियो ।

उपस्थित नभएकालाई पछि बोलाई सही गराएर बैठकलाई औपचारिक बनाइएको हो ।

सभाना उद्योगा वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज बैद्यकी छोरी हुन् ।

लुम्बिनीमा खाली रहेको एकमात्र क्षेत्र पनि बिनाप्रतिस्पर्धा निजी कम्पनीलाई जिम्मा लगाउने तयारी भएपछि कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले असन्तुष्टि जनाएका थिए ।

उनीसँग मन्त्री आलेको विवाद बढेको थियो ।

कात्तिक १४ मा भैरहवामा राष्ट्रपति विद्यादेवी भण्डारी आउँदा आफ्नो सम्मान नगरेको भन्दै मन्त्री आलेले उपाध्यक्ष त्रिपाठी र सदस्यसचिव शाक्यको राजीनामा सार्वजनिक रूपमै मागेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय