शुक्रबार , चैत्र १६, २०८०

Kathmandu, Nepal

नेकपा एकीकृत समाजवादीनिकट नेपाल निजामति कर्मचारी संगठनका अध्यक्षसहितका पदाधिकारी र सदस्य एमाले निकट मूल संगठनमै फर्किएका छन् । एमाले विभाजनलगत्तै नेपाल कर्मचारी संगठन विभाजित भएको थियो । विभाजित भएको संगठनका अध्यक्ष

रेवन्त गौतमसहित वरिष्ठ उपाध्यक्ष मोहन गिरी र अधिकांश पदाधिकारीसहित सो संगठन नेपाल निजामति कर्मचारी संगठनमा विलय भएको हो । नेपाल निजामति कर्मचारी संगठन ११ औं राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक केदार प्रसाद देवकोटा र एसनिकट संगठनका अध्यक्ष

तथा हाल सचिवालय सदस्य गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै माघ १४ र १५ मा हुने महाधिवेशन सम्पन्न गर्न आह्वान गरेका छन् । एस निकट संगठनका संस्थापक अध्यक्ष गौतम, वरिष्ठ उपाध्यक्ष मोहन गिरी, उपमहासचिव रामचन्द्र अधिकारी, सचिव ओम कठायत एमाले निकट संगठनमै फर्किएका छन् ।

त्यस्तै केन्द्रीय सदस्यहरु अमर गिरी, पदमराज जोशी,रामचन्द्र पण्डित, शान्ति विष्ट, लक्ष्मी योगी, अमृता रावत, जयदेश जोशी लगायत २१ जना केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा विभागीय सदस्यसमेत ३०१ जनाले नेकपा एस परित्याग गरेको गौतमले बताए ।

नेपालका प्रमुख राजनितीक दलहरुले महाधिवेशन सकाए पनि राजनितीमा देखीएको अवरोधको गाँठो सजिलै फुक्ने देखिएको छैन । संसद संसद जस्तो छैन , सरकार सरकार जस्तो देखिँदैन , अदालतको त झनै कुरा गर्नै परेन हालत दुनियाँले देखेकै छन् ।

राज्यका प्रमुख अंगहरु व्यवस्थापिका , कार्यपालीका र न्यायपालिकामा देखा परेको भद्रगोल र कब्जीयतको निकास विन्दूको खोजि सुरु भएको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समय देखी संसद अवरोध जारी राखेको छ ।

संसद सहज रुपमा संचालन हुँदा अन्य अंगका समस्याको समाधान संसद बाटै खोज्न सकिने अपेक्षा राखिएको छ तर एमालेले त्यत्ति सजिलै सँग संसद खुलाउँने पक्षमा देखिएको छैन ।एमालेले आफुले कारबाही गरेका माधव नेपाल सहितका १४ जना सांसदहरुलाई कारबाही नगरे सम्म

कुनै हालतमा कप्रमाइज नगर्ने पक्षमा देखिएको छ । कित माधव नेपाल सहितका १४ जना सांसदको पद खारेजको सुचना दिनु पर्यो होइन भने सभामुख अग्नी सापकोटाले राजिनामा दिनु पर्यो भन्ने प्रष्ट अडान एमालेले राखिरहेको छ । यस विचमा प्रधानमन्त्री शेरबहादुर देउवा

र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले एक घण्टा भन्दा लामो समय एक्लाएक्लै भेटघाट गरेका छन् । बाहिर आउँदा संसद खुलाउँन र एमसीसी पास गर्न सहयोग गर्न देउवाले अनुरोध गरेको भन्ने मात्रै कुरा आए पनि देउवा र ओली विच भित्र अरु केहि सहमती भएको अनुमान गरिएको छ ।

देउवासँग कुराकानी पश्चात ओलीले कुराकानी राम्रो भएको प्रतिक्रिया दिएका थिए । ओली देउवा दुवै पक्षमाबाट खास कुरो के भएको हो भन्ने आधिकारीक जवाफ दिएका छैनन् । ओली र देउवा विच भएको कुराकानीको रिजल्ट माघ १२ गते पछि देखिने चर्चा पनि

राजनितीक बजारमा चल्न थालेको छ । माघ १२ मा हुने राष्ट्रिय सभाको निर्वाचन पछि राष्ट्रिय राजनितीले नयाँ कोर्स लिने अनुमान गरिएको छ । राष्ट्रिय सभाको निर्वाचनमा सत्तारुढ दलहरुले गठबन्धन गरेका छन् । प्रमुख दल नेपाली काग्रेसका शिर्ष नेताहरुले माओवादी र नेकपा एस सँगको

गठबन्धन यो नै अन्तीम हुने अभिव्यक्ति दिइरहेका छन् । ओली र देउवा विच माघ १२ पछिको राजनिती बारे ठोस कुराकानी भएको अनुमान गरिएको छ । एमाले आफुुले राखेको अडान बाट तलमाथी गर्ने मुडमा देखिएको छैन । सभामुखलाई राजीनामा गर्न लगाउँदा पनि व्याकफायर हुन सक्ने

देखेर प्रधानमन्त्री देउवाले एमालेले उठाएका सवालहरु अदालतको माध्यम बाट सम्बोधन गर्ने बाटो लिएको बताइएको छ । माधव नेपाल सहितका १४ जना सांसदहरुलाई कारबाहीको माग गरेर एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिट

अदालतले पेशीमा चढाउँन थालेको छ । माघ १२ अघिनै अदालतले यो बिषयमा फैसला गर्ने र राजनितीले नयाँ कोर्स लिने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय