शुक्रबार , चैत्र १६, २०८०

मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी र मध्य भु–भागमा पुर्ण बदली हुनुका साथै बर्षाको सम्भावना रहेको जनाएको छ ।

मंगलबार जारी सूचनामा मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्वका अधिकांश साथै मध्य र पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै महाशाखाले देशका प्रमुख तथा मझौला नदीहरु कोशी, नारायणी, कन्काई, बाग्मती, कमला, पूर्वी राप्ती र बबईमा पानीको बहाब बढने क्रममा रहेको जनाएको छ ।

मंगलबार बिहानको मापन अनुसार उक्त नदीहरुमा बहाव बढ्ने क्रममा रहेको र कर्णाली र महाकाली साथै शाखा नदीहरुमा पानीको बहाव स्थिर रहनेछ ।

तिनाउ बुटवल बाढी मापन केन्द्रले बिहान ६ बजे पानीको सतह खतराको तहभन्दा माथि पुगेकाले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन म्यासेज पठाएको थियो । तर हाल जलसतह सतर्कता तह भन्दा तल नै रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय