बिहिबार , चैत्र १५, २०८०

Kathmandu

राष्ट्रपतिले फेरि एकाएक संसद विघटनको घोषणा गरेका छन् । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले संसद् विघटनको घोषणा गरेका छन।

उनले विहीवार संसद् विघटन गरिएको घोषणा गर्दै आगामी संसदीय निर्वाचनका लागि मितिसमेत तोकेका छन्।

राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको उनको सम्वोधनमा आगामी सन् २०२२ को जनवरी ३० मा निर्वाचन गर्नेगरी मिति तोकिएको छ।

देशमा उत्पन्न राजनीतिक सङ्कट अन्त्यका लागि अहिलेको संसदबाट समाधान ननिस्किएकाले यो संसद् विघटन गर्दै नयाँ संसद् गठनका

लागि निर्वाचन गर्नु परेको उनले उल्लेख गरेका छन्।सोसियलिष्ट पार्टी (पीएस) को अहिलेको सरकारले ल्याएको बजेट गत महिना संसदबाट

अस्विकृत भएपछि पोर्चुगलको राजनीतिक सङ्कट नयाँ मोडमा पुगेको हो। पोर्चुगलको संसदीय इतिहासमा ४५ वर्षपछि पहिलो पटक संसदबाट

बजेट अस्विकृत भएको अधिकारीले जनाएका छन्।संसदबाट बजेट अस्विकृत गरेमा संसद् विघटन गरी निर्वाचनको घोषणा गरिदिने चेतावनी

राष्ट्रपति सुजाले यसअघि नै दिँदै आएका थिए।वर्तमान राजनीतिक सङ्कट समाधानका लागि संसद् विघटन गरी निर्वाचन घोषणा गर्नुको अर्को विकल्प नभएको उनको भनाइ छ।

त्यस्तै उता अमेरिकाले साउदी अरबलाई ६५ करोड डलर बराबरको एयर टु एयर मिसाइल बिक्री गर्ने अनुमति दिएको पेन्टागनले

जानकारी दिएको छ। जो बाइडन सरकारले खाडी मुलुकसँग गरेको यो पहिलो हतियारसम्बन्धी सम्झौता हो।

Source : imandarmedia.com

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय