बिहिबार , बैसाख १३, २०८१

काठमाडौं।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा

(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।

आज बस्ने भनिएको सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय

समितिको बैठक पहिले दाहाल र नेपालबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।

उनीहरु स्थानीय तहको निर्वाचन पहिले गर्ने पक्षमा नरहेको कुरा आईरहेको छ ।

तर, सरकारको नेतृत्व गरेको कांग्रेसमा भने स्थानीय तहको निर्वाचन नै

पहिले गर्नुपर्ने दबाब सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवामाथि परेको छ ।

प्रधानमन्त्री देउवाले आजै विज्ञहरुसँग पनि परामर्श गर्ने भनिएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने कुनैपनि हालतमा स्थानीय तहको निर्वाचन सार्न नपाईने चेतावनी दिएको छ ।

तर, कुनैपनि निर्वाचन जुनसुकै समयमा भएपनि आफ्नो पार्टीले सामना गर्ने

भनेर अध्यक्ष केपी शर्मा ओलीले आजमात्रै विज्ञप्तीमार्फत स्पष्ट पारिसकेका छन् ।

मदन भण्डारी भन्दा त केपि ओलि देशको नेता बन्न लायक छन (सहि वा गलत?)

नेकपा एमालेका चर्चित नेता मदन भण्डारी हिँजोको दिन अर्थात जेठ ३ गते २२ वर्ष अगाडी मा’रिएका थिए।

त्यतिबेलाका सबै भन्दा चर्चित तथा लोकप्रिय नेता मदन भण्डारीको

रहस्यमय मृ’त्युलाई धेरैले ह’त्याका रुपमा लिने गरेका छन्।

विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा उनले जनताको

बहुदलिय जनवाद सिद्धान्त प्रतिपादन गर्दै नेपाली कम्युनिष्ट मदन

भण्डारीले आन्दोलनलाइ नयाँ मोड दिएका थिए।

२०२८ सालमा पुष्पलालसँग भेटेपछि राजनीतिमा लागेका उनि २०३५ सालमा स्थापान भएको

नेकपा(माले)को उनी केन्द्रीय सदस्य बने। २०४१ साल वैशाखमा भण्डारी

पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले) को चौथो महाधिवेशनमा महासचिव बने।

२०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले-माक्र्सवादी

एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी)को महासचिव बने।

२०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम्

अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौँ क्षेत्र नं.

१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदा देशमा ‘जननेता’ भन्ने शब्दावली सहित उनको उदय भएको थियो।

भाषणमा अत्यन्त निपुर्ण मानिने भण्डारीका भाषणै सन्नकै लागि पनि मानिसहरुको भिड लाग्ने गर्थ्यो।

मदन भण्डारीको मृ’त्यु पश्चात् केपि ओलि शक्तिमा आए।

उनी अहिले पनि नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका छन्।

उनलाई उनका पार्टी र कार्यकर्ताले ‘केपि बा’ भनेर सम्बोधन गर्ने गर्दछन।

योगेश भट्टराई, राम बहादुर थापा ‘बादल’ गोकुल बास्कोटाले त उनलाई यो

देशले उनलाई ‘केपि बा’ भनेर मान्नु पर्ने भनेर बताइरहेका छन्।

वास्तवमा भन्नुपर्दा जनताले गफाडी र भ्रष्टाचारीको ‘बा’ हुन् के पि ओलि भनेर मान्छन्।

तर उनका नेता, कार्यकर्ता र उनी स्वयं(केपि ओलि) भन्छन्, ‘यो देशलाई

बिकासको रफ्तारमा अगाढी बढाउने काम मैले अर्थात ‘केपि बा’ ले गरेका हुन्।

उनको अर्थात मेरो ३ वर्षे कार्यकालमा जुन बिकास भयो त्यो अरु कसैले गर्न सकेनन्।

त्यो बिकास गर्न अरुलाई भएको भए २० वर्ष लाग्थ्यो।’

उनका नेता, कार्यकर्ता र उनी स्वयं भन्ने गर्छन् ‘मदन भण्डारीले के गरे?

उनी भन्दा त म अर्थात ‘केपि बा’ अत्यन्त माननीय र पुज्यानिय छन्।

मदन भण्डारी भन्दा त म अर्थात ‘केपि बा’ देशको नेता बन्न लायक छन।

मेरो अर्थात ‘केपि बा’को काम अक्सफोर्डमा लेखिने हो भने उनको कामले पुरै पुस्तक भरिने छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय