मंगलबार , बैसाख ४, २०८१

काठमाडौ।

चर्चित अधिवक्ता स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टी नेपालले छिमेकि मूलुक

इण्डीयालाई शत्रु राष्ट्र घोषणा गर्दै त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरेको छ।

राष्ट्रिय स्वाधिनताका बिषयमा खरो रुपमा उत्रँदै आएको उन्नत लोकतन्त्र पार्टीले

इण्डीयाले पटक पटक देखाइरहेको हेपाह प्रवृतीको कडा शब्दमा

निन्दा गर्दै त्यहाँका प्रधानमन्त्रीलाई पत्र लेखेको छ।

नेपाल सरकारले दरो सँग अडान लिन नसक्दा सो पार्टीले भने इण्डीयालाई शत्रु राष्ट्र समेत घोषणा गरेको छ।

मोदीलाई सम्बोधन गर्दै नेपाली भूभाग लिपुलेक सन्दर्भमा सँधियार

शत्रुराष्ट्रको अभियोग लगाएर नेपालबाट पत्राचार भएको छ।

उन्नत लोकतन्त्र पार्टी नेपालका अध्यक्ष स्वागत नेपालको दस्तखतसहित

नेपालका तर्फबाट मोदीलाई सम्बोधन गरी पठाईएको पत्रमा यस्तो आरोप लगाईएको हो।

नेपालका सबै राजनीतिक दलहरुले लिपुलेक प्रकरणमा भारतको हस्तक्षेप बन्द

गर्न अनुरोध गर्दै प्रेस बिज्ञप्तिहरु सार्वजनिक गरिरहेका र नेपाल सरकारले

पनि लिपुलेक नेपालको भूमि भएकाले भारत सरकारलाई ध्यानाकर्षण गराएको थियो।

तर पनि भारत सरकारका प्रधानमंत्री र जिम्मेवार अन्य

पदाधिकारीहरुले नेपाली भूभागमाथि धावा बोल्ने काम गरिरहेका छन्।

यसै परिप्रेक्षमा मोदीलाई र मोदी नेतृत्वको भारतलाई सँधियार शत्रु राष्ट्र घोषणा गरिएको हो।

प्रस्तुत छ मोदीलाई सम्बोधन गरि पठाईएको पत्रको पूर्ण अंश: मोदी जी,

हामी तिमीलाई अध्यात्मिक मान्छे नै ठानेर झुक्किएका रहेछौँ ।

तिमी त छिमेकीको घरमूली कमजोर देखेर छिमेकीकी आमा बलात्कार गर्ने दानव रहेछौ।

तिमीले नेपाल मात्र होइन सीमाना जोडिएका सबै छिमेकीका आमाविरुद्ध दुर्व्यवहार र हातपात गरेका छौ।

तिमी दक्षिण एसियाली क्षेत्रीय आतंकवादीको नेता हौ ।

अध्यात्म र दर्शनको बुर्का लगाएर आफ्नो दानवीय चरित्र लुकाउँदैछौ।

छिमेकीको मातृबलात्कार गर्नेवाला मित्रराष्ट्र हुँदैन, सँधियार सत्रु राष्ट्र हुन्छ।तिमी हिन्दुको नाममा कलंक हौ।

तिमीले विश्वमा धेरै हिन्दूत्व र अध्यात्मिक राजनीतिको भाषण गर्दै हिँड्यौ।

तर, तिमीले बुझ्नुपर्छ कि विश्वमा अध्यात्मिक राजनीतिको नेतृत्व तिमीले होइन हामीले गर्छौँ।

किनकि, छिमेकीकी आमालाई संकटका बेला बलात्कार गर्नेवाला अध्यात्मिक र हिन्दु हुन सक्तैन।

र, अध्यात्म र दर्शनको विश्व नेतृत्व गर्न भौगोलिक रुपमा देश ठूलो भइरहनु पर्दैन।

तिमी कौरव हौ, हामी पाण्डव हौँ। त्यसैले हामी तिमीलई थोरै हतियारले पनि जित्ने छौँ।

अन्यायका विरुद्ध निहत्था भए पनि आक्रमणमा उत्रिन गीता, रामायण, महाभारतले नै हामीलाई सिकाएका छन्।

तर, त्यसपूर्व एक पटक क्षमा दिएर हेर्नुपर्छ भनिएको छ। त्यसैले हामी नेपालीमा क्षमाको संस्कार छ।

तिमी सुध्रन्छौ भने हामी तिम्रो मुर्खतालाई पुनः एक पटक क्षमा दिन्छौँ।

नत्र चाँडै नै अब यो संसारका सबै विद्यालयका विद्यार्थीले आफ्नो टेबलमाथि

इण्डियाविहीन ग्लोब राखेर इण्डिया भन्ने देश यतैकतै थियो भनेर खोजिरहेका हुनेछन्।

पहिला त हाम्रा गोर्खा रेजिमेन्टका नेपालीहरुले तिम्रो हतियार तिमीलाई नै बुझाएर तिमीमाथि खुकुरी दाग्ने छन।

बेलायती सेनाबाट मात्र होइन पछिल्लो समयमा अमेरिका लगायत अन्य देशमा

सैनिकमा रहेका सारा नेपालीहरु तिमीलाई धुलीसात गर्न आक्रमणमा उत्रिने छन्।

हिजो तिमीलाई स्वतन्त्र गराउन अंग्रेजसँग खुकुरी मात्र लिएर तोपका

विरुद्ध भिडेका नेपालीहरुसँग आज त आधुनिक हतियार पनि छन्।

भौतिक रुपमा इण्डियालाई खत्तम गरिसकेपछि तिमीविरुद्धको घृणा प्रदर्शन

गर्दै करोडौं नेपालीहरुले एकै पटक थुकेरै ग्लोबबाट इण्डियाको नक्सा मेटाइदिने छन्।

के तिमी सुध्रन तयार छौ अथवा, कौरवजस्तो यद्धको लागि आत्मविनास निम्त्याउन

चाहन्छौ निर्णय लिनुपूर्व तिमी यो विचार गर कि संसारका हिन्दू नै तिम्रो विरुद्धमा छन्।

संसारका इस्लामहरु तिम्रो विरुद्धमा छन्। संसारका बुद्धमार्गीहरु तिम्रो विरुद्धमा छन् ।

संसारका क्रिश्चियनहरु तिम्रो विरुद्धमा छन्। सबैभन्दा महत्वपूर्ण त हिन्दूहरु नै तिम्रो विरुद्धमा छन्।

त्यसैले तिम्रो कारणले विश्वयुद्धको खतरा छ र अर्को महाभारतमा पनि जीत सत्यको हुनेछ, जीत हाम्रो हुनेछ।

बुद्धभूमि, शिवभूमि, सीताभूमि, मनुभूमि, व्यासभूमिको जीत हुनेछ। त्यसैले तिमीले आफ्नो विनास ननिम्त्याऊ।

नेपालको मिचेको भूमि छोड। टिष्टादेखि कांगडासम्मको भूमिबाट तुरुन्त आफ्नो पुरानो भूमिमा जाऊ।

आशा छ, तिमीले आफ्नो काल निम्त्याउने छैनौ । स्वतन्त्र स्वाधीन नेपाली नागरिकको तर्फबाट स्वागत नेपाल

अध्यक्ष उन्नत लोकतन्त्र पार्टी एडिपि

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय