बुधबार , बैसाख १२, २०८१

काठमाडौं:

नेकपा एमाले कैलालीका जिल्ला सल्लाहकारसहित

पाँच जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

विगत लामो समयदेखि कम्युनिष्ट पार्टीमा काम गर्दै आएका कैलालीको चुरे गाउँपालिका पुराना नेता

तिलबहादुर साउँदसहितका नेताहरु आइतबार एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज

गरीमा शाह तथा पार्टीका प्रदेश उपसचिव, संसदीय दलका नेता दीर्

सोडारीले खाँदा दोसल्ला ओढाएर उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।

यस्तै चुरे गाउँपालिकाका प्रेमलाल गौतम, जगत धामी, प्रेम पौड्याल,

लाल बहादुर धामीले जनताका भावना अनुसार काम गर्ने व्यक्ति

एकीकृत समाजवादीमा मात्रै भएकाले यो पार्टी रोजेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका सुदूरपश्चिम

इन्चार्ज गरिमा शाहले केपी ओलीको अंहकार र तानाशाही प्रवृतीका कारण

पार्टीका पुराना नेता तथा कार्यकर्ता मु्ल पार्टी एकीकृत समाजवादीमै आउने विश्वास व्यक्त गरिन् ।

उनीहरुलाई पार्टीमा स्वागत गर्दै कैलाली इन्चार्ज समेत रहेका दीर्घ सोडारीले पार्टीप्रति आकर्षण बढेको बताए ।

प्रवेशीहरुको लहर चलेको समाजवादी अभियानमा आउने जोसुुकैलाई उचित जिम्मेवारी दिइने बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय