बिहिबार , बैसाख १३, २०८१

Kathmandu, Nepal

पूर्व पञ्चहरूको पार्टी राप्रपाको हालै सम्पन्न महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको चलखेलले नेपालको राजनीतिमा ठूलो तरंग उत्पन्न भएको छ।

राप्रपाको एकता महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष कमल थापाले ‘निर्मल निवासले चलखेल नगरोस्’ भनेर सार्वजनिक रूपमै कटाक्ष गरेका थिए। अध्यक्ष थापाको यो कटाक्षलाई धेरैले चुनाव हार्ने संकेत देखिएपछिको बरबरहटको संज्ञा दिएका थिए।

सहजतापूर्वक गद्दी त्याग गरेका पूर्वराजा शाहले एउटा सानो पार्टीको महाधिवेशनमा चलखेल गरेका होलान् भन्ने विश्वास धेरैलाई थिएन। महाधिवेशनको परिणाम लगत्तै पराजित उम्मेदवार थापाले सामाजि सञ्जालमार्फत पूर्वराजा शाहलाई चुनौती दिए।

उनले दिएको यो चुनौतीलाई पनि धेरैले चुनाव हारेपछिको बरबराहटको संज्ञा दिए, तर केही बेरमै पूर्वयुवराज्ञी हिमानीको ट्विट सार्वजनिक भयो।पूर्व पञ्चहरूको पार्टी राप्रपाको हालै सम्पन्न महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको चलखेलले नेपालको राजनीतिमा ठूलो तरंग उत्पन्न भएको छ।

राप्रपाको एकता महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष कमल थापाले ‘निर्मल निवासले चलखेल नगरोस्’ भनेर सार्वजनिक रूपमै कटाक्ष गरेका थिए। अध्यक्ष थापाको यो कटाक्षलाई धेरैले चुनाव हार्ने संकेत देखिएपछिको बरबरहटको संज्ञा दिएका थिए।

सहजतापूर्वक गद्दी त्याग गरेका पूर्वराजा शाहले एउटा सानो पार्टीको महाधिवेशनमा चलखेल गरेका होलान् भन्ने विश्वास धेरैलाई थिएन। महाधिवेशनको परिणाम लगत्तै पराजित उम्मेदवार थापाले सामाजिक सञ्जालमार्फत पूर्वराजा शाहलाई चुनौती दिए।

उनले दिएको यो चुनौतीलाई पनि धेरैले चुनाव हारेपछिको बरबराहटको संज्ञा दिए, तर केही बेरमै पूर्वयुवराज्ञी हिमानीको ट्विट सार्वजनिक भयो।राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिंगदेनलाई दिएको बधाई सन्देशमा पूर्वयुवराज्ञी हिमानीले जे जस्ता शब्द र वाक्य प्रयोग गरिन्,

त्यसले पनि कमल थापाले लगाएको आरोप पुष्टि भयो।यता कमल थापाका भाइ गणेश थापाले पूर्वराजाका सचिवहरूबाट कसकसलाई फोन गरियो र फोन गर्ने क्रममा के के कुराकानी भयो? भन्ने बारे आफुसँग टेपरेकर्ड सुरक्षित भएको बताएका छन्।

महाधिवेशनको पूर्वतयारीका सन्दर्भमा पूर्वराजा शाहले कमल थापालाई भेट गरेको पनि गणेश थापाले बताएका छन्। राप्रपाको महाधिवेशनमा कसलाई जिताउने र कसलाई हराउने?भन्ने सन्दर्भमा पूर्वराजा शाहले चासो मात्रै राखेका होइनन् कि आफै सक्रियताका साथ संलग्न भएको कुरा पुष्टि भइसकेको छ।

कुनै एक पार्टीभित्र पूर्वराजा शाहको यो संलग्नता के का लागि? भन्ने प्रश्न यतिबेला निकै पेचिलो बनेको छ। दलीय राजनीतिमा आफै संलग्न भएर जनतामा मत माग्न जाने रणनीति अनुसार पूर्वराजा शाह सक्रिय भएका हुन् या राप्रपालाई

मुठभेडको राजनीतिमा उतारेर लोकतन्त्र मास्नका लागि यस्तो सक्रियता देखाएका हुन्? भन्ने विषयमा अनेक खाले टीकाटिप्पणी भएका छन्। मूलधारका भनिएका ठूला राजनीतिकदलहरूको असक्षमता र असफलताका कारण जनताको सहानुभूति

पूर्वराजपरिवारप्रति बढेको सत्य हो।पूर्व राजपरिवार पार्टी खोलेर चुनावमा होमिए भोट दिन हुन्थ्यो’ भन्ने मनस्थिति बनाएकाहरूको संख्या निकै ठूलो छ। यो संख्या घट्दो होइन बढ्दो छ।

त्यसैले बुहारी हिमानी शाहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आगामी आमनिर्वाचनमा होमिनका लागि पूर्व राजा शाहले राप्रपालाई आफ्नो हातमा लिएका हुन् कि? भन्ने अनुमानलाई नजरअन्दाज गर्न मिल्दैन।

पटकपटक परीक्षण भइसकेका बासी अनुहारलाई अघि लगाएर चुनावमा होमिनुभन्दा राजेन्द्र लिंगदेनजस्ता जनजाति समुदायका फ्रेस नेतालाई अघि सारिनु हरेक दृष्टिकोणले उपयुक्त हो।

source: www.newsparda.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय