मंगलबार , बैसाख ४, २०८१

काठमाडौँ –

स्थानियतहको निर्वाचनका बिषयमा विभिन्न कोणबाट चर्चा र बहस भइरहेका बेला सत्तारुढ

प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले एकाएक बैशाखमा संघिय निर्वाचन गर्नु पर्ने प्रस्ताव गरे ।

प्रचण्डको प्रस्तावले केहि दिन राम्रै राजनितीक मसला पनि बन्यो ।

प्रचण्डको प्रस्तावलाई समर्थन गर्ने कोही नभेटिए पछि उनी आफैँले अहिले यो च्याप्टरलाई क्लोज गराएका छन् ।

प्रचण्डले एकाएक राखेको असान्दर्भीक प्रस्तावको पराकम्प भने सत्तागठबन्धन भित्र गइरहेको छ ।

प्रचण्डले एकाएक यस्तो प्रस्ताव गर्नुको पछिको कारण के हो भनेर खोजि सुरु भएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले संसद विघठन गर्दा संविधान रक्षाको रटान दिँदै संसद पुनस्थापनका

लागी लाग्दै सबैभन्दा प्रमुख पात्र रहेका प्रचण्डनै संसद बाट प्रस्ताव पास गर्दै चुनावमा जाउँ भन्ने

ठाउँमा पुगे पछि चौतर्फी विरोध भयो र उनी ब्याक हुन बाध्य भए ।

प्रचण्डको बेमौसमको प्रस्तावले स्वयं प्रधानमन्त्री देउवा पनि झस्किएको बताइएको छ ।

काननु मै नभएको छिद्रको अपव्याख्या गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्कपकमल दहाल प्रचण्ड र

नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले स्थानिय तहको निर्वाचन सार्नु पर्ने तर्क गरिरहेका छन् ।

वैशाखमा संघिय निर्वाचन गर्नु पर्ने प्रस्ताव बाट व्याक हटेका प्रचण्डले माधव नेपाललाई समेत

प्रयोग गरेर अहिले मंसिरमा तीनै तहको निर्वाचन एकै पटक गर्नु पर्ने बहस सुरु गरेका छन् ।

प्रचण्डको अस्थिर स्वभाव बाट परिचित प्रधानमन्त्री देउवाले वैशाखमै स्थानिय तहको

निर्वाचन गर्ने गरि तयारी अघि बढाएको बताइएको छ । संघिय निर्वाचनको मिती जती टाढा भयो

गठबन्धन कायम रहने सम्भावना त्यति कम भएका कारण प्रचण्डले वैशाखमानै निर्वाचन गर्नु पर्ने प्रस्ताव गरेको चर्चा चल्न थालेको छ ।

प्रचण्डले बराबर काग्रेस र एमाले कार्ड खेलिरहेको चर्चा छ । नेपाली काग्रेसले गठबन्धन गर्न नमाने

एमाले सँग पनि गठबन्धन गर्न सकिने गरि प्रचण्डले तयारी गरेको बताइएको छ ।

ओली सँग नजिक हुने फर्मूलामै प्रचण्डले बैशाखमा चुनावको प्रस्ताव गरेको राजनितीक विश्लेषक अरुण सुवेदीले जिकिर गरेका छन् ।

ओलीले गरेको संसद विघठनलाई सहि थियो भन्ने अर्थ लाग्ने र यो संसदको औचित्य छैन भन्ने

आभाष पुर्याउँने गरी प्रचण्डले बैशाखमा चुनावको प्रस्ताव गर्नु भनेको ओलीलाई खुशि पार्ने प्रस्ताव भएको सुवेदीले बताएका छन् ।

चुनाव सम्म माओवादी र एमालेका विचमा गठबन्धन हुन सक्ने पनि उनले बताएका छन् ।

आगामी निर्वाचनमा कुनै पनि हालतमा कांग्रेस र माओवादीको गठबन्धन असम्भव भएको भन्दै

विश्लेषक सुवेदीले एमाले र माओवादीको भने गठबन्धन हुन सक्ने बताएका छन् ।

राजनिती सम्भावनाको खेल भएको भन्दै उनले कुनै पनि बेला ओली र प्रचण्ड नजिक हुन सक्ने बताएका छन् ।

काग्रेसले आफ्नै नेता त व्यवस्थापन गर्न नसक्ने बेलामा माओवादीलाई सिट

दिएर गठबन्धन गर्ने कुरा विल्कुल असम्भव भएको उनले बताएका छन् ।

ओलीले पनि पहिले भन्दा कमजोर महशुस गरेको र प्रचण्डले कोहि न कोही सँग नमिली अस्तित्वनै

रक्षा गर्न नसक्ने अवस्था बुझेका कारण एमाले माओवादी मिल्न सक्ने विश्लेषण सुवेदीले गरेका छन् ।

उनले नाम नलिइकन एमाले माओवादी मिलाउँने चिनको सद्भाव पनि हुने बताएका छन् ।

Source: motivate news.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय