बिहिबार , चैत्र १५, २०८०

काठमाडौं:

काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. २ का काँग्रेस–

एमालेका कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र नमोबुद्धले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरु प्रवेश भएका हुन् ।

यसरी काँग्रेस एमाले छोडेर माओवादी केन्द्रमा प्रवेश भएकाहरुमा कान्छा परियार,

दिपक गतराज, कुमार तामाङ, शिव परियार। केशव परियार, टेकबहादुर तामाङ,

सन्तोष परियार, सम्झना भुजेल, जितमान तामाङ, विष्णुबहादुर तामाङ,

सरोज घतानी, जयराम धतानी, बलराम घतानी, प्रेम घतानी, चेतराम परियार, जेठा तामाङ,

राजकुमारी तामाङ, सिंहबहादुर तामाङ, कुमाल विक, नवराज परियार, बलराम परियार,

श्यामबहादुर तामाङ, सुनबहादुर दोङ, जनक बहादुर दोङ, मनविर मिजार लगायतका रहेका छन् ।

नवप्रवेशीहरुलाई माओवादी केन्द्र नमोबुद्ध नगर कमिटीका अध्यक्ष मिन्डु लामाले स्वागत गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका अध्यक्ष लामाले एमाले काँग्रेसले मुुलुकको हितमा

कहिल्यै काम नगरेकोले आम युवा तथा जनसमुदाय माओवादी केन्द्रमा संगठीत हुनुपर्नेमा जोड दिए ।

दलित तथा आदिवासी जनजातिको मुक्ति र अधिकारको लागि माओवादीले मात्र

लडेको बताउँदै माओवादी रोज्ने सबैलाई पार्टीले उचिव जिम्मेवारी दिने बताए ।

कार्यक्रममा नगर उपाध्यक्ष तथा वडा नं. ७ का जननिर्वाचित वडा अध्यक्ष धर्मसिं लामा,

पार्टीका पूर्व नगर अध्यक्ष रत्न लामा, नगर कमिटी उपाध्यक्ष नवराज अधिकारी,

नगर सचिव ज्ञानेन्द्र देवकोटा, नगर सचिवालय सदस्य धावा लामा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सभापतित्व २ नं. ववडा कमिटी अध्यक्ष रामजी घतानीले गरेका

थिए भने सञ्चालन वडा कमिटी सदस्य अनिल लामाले गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेको सबै सेवा बन्द

काठमाडाैँ

कोभिड–१९ संक्रमणदर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सबै सेवाहरु बन्द गरेको छ ।

जिल्लामा बढ्दै गएको कोरोना संक्रमणको जाखिमलाई नियन्त्रणका लागि भन्दै कार्यालयले

आइतबारदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लामा संक्रमणको जोखिम उच्च हुनुका साथै कार्यालयका कर्मचारीहरु पनि संक्रमित भई उपचारार्थ रहेकोले जिल्ला प्रशासन कार्यालयले

अत्यावश्यक बाहेकका सेवाहरु यहि माघ १४ गतेसम्मका लागि बन्द

गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

‘सेवा प्रदायकका रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीचको नियमित र प्रत्यक्ष

सम्पर्क हुने कामहरु नागरिकता तथा सोको प्रतिलिपि, संघसंस्था एवं

नाबालकका साथै राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा हाललाई स्थगित गरिएको छ ।

सूचनामा उल्लेख छ । शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित नै रहने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय