बिहिबार , बैसाख १३, २०८१

Kathmandu

नयाँ कार्यसमितिले औपचारिक रुपमा काम थाल्नु अघिल्लो दिन नेपाली कांग्रेसबाट वागमती प्रदेश सरकारमा तीन मन्त्री र तीन राज्यमन्त्री थपिए ।

प्रदेश मन्त्री छान्दा सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई सम्झिए, मन्त्रीमा भाग दिए ।

पौडेलको सिफारिशमा बलराम पौडेल भूमि व्यवस्था र सिंहको सिफारिशमा दीपेन्द्र श्रेष्ठलाई संस्कृति मन्त्री बनाए ।

प्रदेश मन्त्री छान्दा सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई सम्झिए, मन्त्रीमा भाग दिए ।

पौडेलको सिफारिशमा बलराम पौडेल भूमि व्यवस्था र सिंहको सिफारिशमा दीपेन्द्र श्रेष्ठलाई संस्कृति मन्त्री बनाए ।

तर सभापतिमा ४० प्रतिशत मत पाएका डा. शेखर कोइरालासँग परामर्श गर्न आवश्यक छानेनन् । दोस्रो चरणको मतदानमा विजयी भएपछि

डा. शेखरले फोन मार्फत बधाई दिएका थिए ।त्यसयता दुई नेताबीच कुनै सम्वाद भएको छैन आफ्नो समूहले पाएको मत (४० प्रतिशत) का

आधारमा भागबण्डा नखोज्ने डा. शेखर र उनको टिमको प्रष्ट मत छ । त्यसैले मन्त्री नियुक्तिमा चासो नराख्नु अस्वाभाविक होइन ।

आफ्नो समूहले पाएको मत (४० प्रतिशत) का आधारमा भागबण्डा नखोज्ने डा. शेखर र उनको टिमको प्रष्ट मत छ ।

त्यसैले मन्त्री नियुक्तिमा चासो नराख्नु अस्वाभाविक होइन ।तर उपसभापति, महामन्त्री र सहमहामन्त्री समेत निर्वाचित भएको समूहका

नेताका रुपमा शेखरसँग सभापतिले परामर्श गर्नुपर्ने नेताहरु बताउँछन् ।देउवाले भने शेखर होइन, रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान सिंहहरुसँग सहकार्य गर्ने संकेत गरेका छन् ।

पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि शुक्रबार भएको नेताहरुसँग भएको छलफलमा पनि उनले त्यही छनक दिएका छन् ।

कांग्रेसको निर्वाचन समितिले नयाँ कार्यसमिति सदस्यहरुलाई भोलि ११ बजे निर्वाचित भएको प्रमाणपत्र दिने कार्यक्रम राखेको छ । दिउँसो १ बजे पहिलो बैठक बस्नेछ ।

त्यसको तयारीबारे छलफल गर्न केन्द्रीय कार्यालयका कर्मचारीहरुले शुक्रबार सभापति, उपसभापति र महामन्त्रीहरुसँग छलफल गरेका थिए ।

छलफलका क्रममा सभापति देउवाले भोलि नै केही नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्ने संकेत गरेका छन् । उनको सूचीमा उम्मेदवारहरु, जसले दोस्रो चरणमा समर्थन गरेका थिए, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ छन् ।

यस्तै रामचन्द्र पौडेल, कृष्ण सिटौला र आफ्नो प्यालनलबाट महामन्त्री लडेर पराजित भएका डा. प्रकाशशरण महत छन् ।

निकटवर्ती स्रोतका अनुसार सभापति देउवाले पौडेललाई दोस्रो वरियतामा राखेर वरिष्ठ नेता बनाउने सम्भावना बलियो छ ।

Source : news21nepal.com

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय