शुक्रबार , बैसाख ७, २०८१

काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भौतिक पुर्वाधारमन्त्री

रेणु यादवलाई मन्त्री पदबाट राजीनामा दिन दबाव दिएका छन् । शनिबार जसपाको पार्टी कार्यालय

बालकुमारीमा भएको भेटमा अध्यक्ष यादवले रेणु यादवलाई मन्त्री पदबाट राजीनामा दिन दबाव दिएको स्रोतले बतायो ।

खुलेआम हिंसा भड्काउने अभिव्यक्ति दिएपछि विवादमा तानिएकी मन्त्री यादव जसपाकी नेतृ हुन् ।

मधेश केन्द्रित पार्टीहरुले मनाउँदै आएको माघ ५ गते बलिदानी दिवसका अवसरमा रौतहटको

गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई

अर्को गौर नरसंहार मच्चाएर हत्या गर्ने खुलेआम धम्की दिएकी थिइन् ।

‘यदि तुफानसँग टक्रायौ भने तपाईंको त्यहि हालत हुनेछ जो गौरको राइस मिलमा भयो ।

त्यो इतिहासलाई नभुल्नु,’ उनले गौर नरसंहारलाई स्मरण गर्दै भनेकी थिइन् ।

नेपालको एक विभत्स नरसंहारको रुपमा परिचित डेढ दशक अगाडिको गौर नरसंहार दोहोरिने धम्की संघीय सरकारको बहालवाला मन्त्री यादवले दिइन् ।

गौर घटना २०६३ चैत ७ गते रौतहटको गौरस्थित राइस मिल क्षेत्रको नरसंहार हो ।

उपेन्द्रकै निर्देशनमा उनका कार्यकर्ताले माओवादी निकट वाइसियलका २८ जना कार्यकर्ताको निर्मम हत्या गरेका थिए ।

तत्कालीन नेकपा ९माओवादी० ले वृहत्त शान्ति सम्झौता गरेको चार महिना पुग्दा भएको घटनामा महिलालाई त झनै कहालीलाग्दो गरि मारियो ।

बलात्कारदेखि संवेदनशील अंग काट्ने र यौनांगमा भाला र भाटा घोचेर तड्पाइ तड्पाइ मारिएको थियो ।

उक्त घटना तत्कालिन उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरमले गरेको थियो ।

रोचक कुरा त के छ भने २०६४ मा उपेन्द्रसहित ३०० जना बिरुद्ध मुद्धा चल्यो ।

तर, न्यायको सुनुवाइ भएन । बरु पीडित पक्षका माओवादी अध्यक्ष प्रचण्ड र पीडक पक्षका फोरम अध्यक्ष उपेन्द्र यादवले २०६५ मा सत्ता साझेदारी गरे ।

अहिले पनि दुवै पक्ष एउटै सरकारमा सहभागी छन् ।

विभत्स र सामूहिक नरसंहार भएको १५ वर्षमा देशमा १३ वटा सरकार फेरिए, नयाँ संविधान बन्यो ।

तर, न अपराधीलाई कारबाही भयो, न देशको सुरक्षा व्यवस्था र कानुनको सदगत गरियो । तर, हालसम्म गौर हत्याकाण्डको दोषीलाई कारबाही भएको छैन ।

उक्त घटनामा माओवादी अध्यक्ष प्रचण्ड, उपेन्द्र यादव तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला समेत संलग्न छन् ।

गौर नरसंहारमा संलग्न भएको आरोपमा करिब ३ सय जना विरुद्ध परेको जाहेरी अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमै थन्किएको छ

रौतहटको राजपुरमा २७ चैत २०६४ मा भएको बम बिष्फोटको घट्नामा कांग्रेस सांसद मोहम्मद अफताब आलम अहिले जेलमा छन् ।

धमाधम शक्तिशाली व्यक्तिहरु पक्राउ परिरहेको अवस्थामा उपेन्द्रले पनि असुरक्षित महशुस गरिरहेका छन् ।

यादवसँग मधेशी जनता रुष्ट छन् । संविधान संशोधन गराउन सरकारमा गएको यत्तिका महिना

बितिसक्दापनि उनले अहिलेसम्म त्यसतर्फ कुनै पहलकदमी नलिएको मधेशी जनताको गुनासो छ ।

सत्ता र शक्तिको लोभमा फसेको भनेर उपेन्द्रमाथि उनकै कार्यकर्ताहरुले आरोप लगाउन थालेका छन्

यस्तोमा हाल मन्त्री यादवको उक्त अभिव्यक्तिले ढेड दशकअघि भएको गौर हत्याकाण्ड

ब्यूतिने उपेन्द्रलाई डर छ । यता मन्त्री रेणुलाई राजीनामा गराउन सत्ता गठबन्धन भित्रै दबाब बढेको छ ।

अर्को गौर नरसंहार मच्चाउने भनी जसपाकै मन्त्रीले दिएको अभिव्यक्तिले प्रधानमन्त्री शेरबहादुर देउवा

र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत उपेन्द्रलाई दबाव दिएका छन् ।

उनीहरुले उपेन्द्रलाई सेफ ल्याण्डिङ गराउन रेणुको राजीनामा उपयुक्त विकल्प ठानेर राजीनामा गराउन दबाब दिएको स्रोतले बतायो ।

खुलेआम हिंसा भड्काउने अभिव्यक्ति दिने मन्त्री रेणुलाई कि राजीनामा गराऊ कि बर्खास्त गर

भनेर नागरिक अगुवादेखि प्रमुख प्रतिपक्षी एमालेले समेत माग गरेको छ । त्यस्तै जसपाकै वरिष्ठ नेता डा। बाबुराम भट्टराई पक्षधर नेताहरुले रेणु

यादवको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै पार्टीले उनको बचाउ गर्न नसक्ने बताइसकेका छन् ।

यस्तो पाशविक नरसंहारको एकातर्फ डेढ दशक पुग्दा पनि कानुनी उपचार नहुनु,

अर्कोतर्फ पीडक पक्षकै पार्टीको प्रतिनिधित्व गर्ने मन्त्रीले पुनः त्यस्तै घटना गराउन धम्की दिनुले गौर नरसंहार पीडित माओवादीहरुको पीडाको

गहिराई मात्रै नभएर नेपालको दण्डहीनताको उचाई समेत देखाएको छ ।

यता मन्त्री यादवले भने माघ ५ गते रौतहटमा भएको घटनाको छानविन हुनुपर्ने बताइन् ।

आफुले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई मार्ने धम्की नदिएको भन्दै उनले उक्त दिनको

घटना छानविन हुनुपर्ने र त्यसपछि मात्रै राजीनामाको विषयमा सोच्ने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय