काठमाडौ।
नेकपा एमालेका नेता घनश्याम भुषालले एमाले छाड्ने मनस्थिति बनाएको समाचार बाहिरिएको छ।
स्रोतका अनुसार नेकपा एमालेभित्र आफ्नो भूमिका प्रभावकारी बनाउन नसकेका भुसालले अब एमाले छाडेर नयाँ ढंगबाट अघि बढ्न खोजेका छन्।
नेकपा एमालेको १० औँ महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिएका उनी पराजित भएका थिए। पराजित भएपनि उनी केन्द्रीय सदस्य भने बनेका छन्।
कुनै समय एमालेभित्र प्रभावशाली एवम् बौद्धिक नेताको रुपमा चिनिएका नेता भुसाल अहिले भने गु्मनाम जस्तै छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा प्रतिनिधिसभा विघटन गरेपछि भुसाललगायत नेताहरु ओलीको चर्को आलोचकको रुपमा उत्रिएका थिए।
भुसाललगायत नेताहरुले त्यसकै रिसमा मन्त्री पदसमेत छाडेका थिए।
लामो सभय माधव कुमार नेपालको क्पाम्पमा रहेका उनी पार्टी विभाजन भएर एकीकृत समाजवादी गठन हुँदा भने नेकपा एमालेमा नै बसेका थिए।
नेकपा एमालेमा आफू भूमिकाविहीन हुँदै गएको महसुस गरेका उनले अब नेकपा एमाले छाडेर नयाँ ढंगबाट राजनीति सुरु गर्ने मनस्थिति बनाएको बुझिएको छ।
माधव कुमार नेपालको साथ छाडेर नेता भुसालसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेलगायत नेताहरु एमालेमा नै बसेका थिए।
भुसालसहित अरु केही नेताहरु पनि एमाले अध्यक्ष ओलीको कार्यशैलीलाई मान्न सकिरहेका छैनन्।
उनीहरु पनि भुसालसँगै पार्टी छाड्ने पक्षमा रहेको एक नेताले बताए।
यस्तै अवस्था हो भने अब एमालेमा बसिरहनुको औचित्य छैन’ उनले भने, अब नयाँ धारबाट राजनीति सुरु गर्नुपर्छ,
त्यो भनेको घुसालसहित हामीहरु एमाले छाड्न पनि सक्छौँ। अहिलेलाई यति भनौँ।