बिहिबार , बैसाख १३, २०८१

Kathmandu

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा पहिरो जाने क्रममा रोकिएको छैन् । यही क्रममा ठूलै नेतानेकपा एमालेमा प्रवेश गरेका हुन् ।

पछिल्लो समय सुदुरपच्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका प्रभावशाली हस्तीहरु धमाधम एमाले भित्रन थालेका छन् ।

एमाले सचिव लेखराज भट्टले माओवादीमा रहेका इमान्दार जति सवै भित्र्याउने अभियान चलाउनु भएपछि पुपकमल

दाहाल प्रचण्डको भ्रमबाट मुक्त भएको भन्दै एमाले प्रवेश गर्नेको लहर चलेको हो ।यही क्रममा प्रचण्डका दाहिने हात मानिने गोदावरी नगरपालिका–४ माओबादी केन्द्रका उपाध्यक्ष नरेश बहादुर सिंह

आफ्नो टीमसहित नेकपा एमाले प्रबेश गरेका छन् ।सिंहलाई एमाले सचिव लेखराज भट्टको उपस्थितीमा एमालेमा प्रबेश गराइएको हो ।

सो क्रममा भट्टले अव सुदुरपश्चिममा मात्रै नभई देशभरका माओवादीमा रहेका इमान्दार नेता कार्यकर्ता एमालेमै फर्कनुको बिकल्प नरहेको बताए ।

एमाले प्रवेश गरेपछि सिंहले प्रचण्ड मुलुककै समस्या हो भन्ने कुरा पुष्टि भएको र आफ्नो भ्रम पनि टुटेकोले एमाले रोजेको बताए ।

मोओबादी केन्द्रको निती, बिचार र सिद्धान्त मुलुक बनाउने होइन, बिगार्ने र अस्थिरता मच्चाउनेरहेको तथ्य बोध गरेपछि सो पार्टी परित्याग गरेको सिंहले बताए ।

Source : Anchalnews.com

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय