शुक्रबार , बैसाख ७, २०८१

गुल्मी-  गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ।

वडा नम्वर ४ स्थित लिम्घाको भिरकुनामा पहिरोले तीन घर बगाउदा ४ जनाको मृत्यु भएको छ भने पहिारोमा परी ५ जना वेपत्ता भएका छन् । यस्तै वडानम्बर ३ ठुलोलुम्पेक कुसुङथलामा पनि घर भत्कीँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीका अनुसार भिरकुनामामा पहिरोमा पुरिएको अवस्थामा ४ जनाको शव भेटिएको छ । उनहरुको सनाखत भने हुन सकेको छैन् ।

चारैतिर गएको पहिरोका कारण उद्दारमा प्रहरी, नेपाली सेनालार्इ समेत पुग्न कठिनाइ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन्द्र खड्काले जानकारी दिए । घटनास्थलमा पानी परिरहेकाले उद्दारमा कठिनाइ भइरहेको छ ।

यस्तै सत्यवती गाउँपालिकाकै वडा नम्वर ३ स्थित ठुलोलुम्पेकमा कुसुङथलामा पनि पहिरोले घर भत्कीँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

राती घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीया श्रीमती तिलकुमारी र उनका छोरा १० बर्षका दर्शनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी १२ वर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएका स्थानीयले बताएका छन् ।

पानी परीराखेकाले उनीहरुलाई उपचारका लागि अस्पताल लैजानका लागि समस्या परेको छ । यस्तै सत्यावती गाउँपालिका ३  मा रुद्रबहादुर बिकको घर पहिरोले बगाएको छ । राती घर बगाउदा रुद्ध बहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ ।

उनीहरु बेपता रहेको स्थानीयहरुले बताएको खोजी कार्य जारी रहेको बताईएको छ । अविरल बर्षा भईरहेका कारण प्रहरीको टोली त्यसतर्फ पुग्न सकेको छैन । बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

Source : nepalsamaya.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय