शुक्रबार , चैत्र १६, २०८०

Kathmandu

नेकपा एमाले परित्याग गरी सयौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

इलामको सुर्योदय नगरपालिका वडा नम्बर ४ र ५ मा १०० परिवारका ४०० जनाले नेकपा एमाले तथा माओबादी पाटी परित्याग गरेर कांग्रेसमा प्रबेश गरेका हुन् ।

नव प्रबेशिहरुलाई कांग्रेस इलाम सभापति तथा समासेबी डम्बर बहादुर खड्काले उनीहरुलाई साधारण सदस्यतासहित खादा ओढाएर पार्टीमा स्वागत गरेका हुन् ।

पुर्व प्रधानमन्त्रि झलनाथ खनालको क्षेत्र समेत रहेको सुर्योदय नगरपालिका वडा ४ मा ८० घरपरिवारले नेकपा एमाले र माओबादी

लगायतका पाटी परित्याग गरी काँग्रेस रोजेका छन प्रवेश गर्नेहरु अधिकाश नेकपा एमालेका संगठीत सदस्यहरु कांग्रेसमा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुमा राम बहादुर राई, सन्दिप राई डिल्ली बहादुर घले,लिला बहादुर घले, प्रताप राई, चन्द राई, सन्तोश घले, शोभा राई, बिष्णु बराल बलाराम रिजाल, देवीका बराल, रन्जु रिजाल

बुद्ध लाप्चा, सविना घले, बिष्णु घले, सावित्रा घले,अमृता लाप्चा,योगेश घले , देवी प्रसाद तिमल्सिना, पुजन अर्याल र एकराज घलेले कांग्रेस रोजेका हुन् ।

यसरी नै वडा नम्बर ५ समालबुङमा २० घरपरिवार नेकपा एमाले परित्याग गरि काँग्रेस प्रवेश गरेका छन्। कांग्रेस प्रवेश गर्नेहरुमा उदय लिम्बू, सुनिता लिम्बू ,सिलाश लिम्बू , सागर बिक, आशिष बिक, सन्तोष कंडेल, राम बहादुर खड्का

ललिता लिम्बू नेकपा एमालेको र माओबादीका संगठीत लगायत एमालेका साधारण सदस्यहरु लगायत लामो समयसम्म एमालेमा सकृय रुपमा काम गरेकाहरु कांग्रेस प्रवेश गरेका छन्।

Source : sudarshankhabar.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय