बिहिबार , बैसाख १३, २०८१

भिडियो,

काठमाडौं।

प्रदेश सांसदका लागि कांग्रेसको तर्फबाट चुनाब लड्न लागेकी एक उम्मेदवारको बिकिनी पोजका कारण बबाल भएको छ ।

अभिनेत्री र मोडल रहेकी यी उम्मेदवारले आफ्नो कामको सिलसिलामा पहिले नै खिचाएका तस्वीरका कारण अहिले उनले सांसदको टिकट पाएपछि विवाद खडा भएको हो ।

भारतको उत्तर प्रदेशको मेरठ जिल्लाको हस्तिनापुरबाट कांग्रेस आइकी उम्मेदवार अर्चना सिंहका पुराना तस्वीरलाई लिएर बबाल भएको हो । अर्चना मिस बिकिनी इण्डिया रहिसकेकी छिन् ।

उनले सांसद पदका लागि उम्मेदवारी दिएपछि सामाजिक संजालमा उनका तस्वीरहरु पोस्ट गर्दै उनलाई बिकिनी गर्ल भनेर ट्रोल गर्न थालिएको थियो ।

लगत्ते कांग्रेसकी महासचिव प्रियंका गान्धीले उनको समर्थनमा आवाज उठाएकी छिन् । प्रियंकाको समर्थनपछि अर्चनाले यसबारे टिप्पणी गर्दै प्रियंकाले आफ्नो नभइ देशको लागि लड्न चाहने महिलाको प्रतिरक्षा गरेको टिप्पणी गरेकी छिन् ।

आफूबारे सामाजिक संजालमा भइरहेको टिप्पणीबारे अर्चनाले अहिले महिलाले आफूलाई सजिलो हुने जुनसुकै कपडा लगाउन सक्ने बताएकी छिन् । उनले भनेकी छिन् ‘कसैको चरित्र उसको कपडाबाट चिन्न सकिँदैन । कसैले छोटो कपडा लगाउँदैमा चरित्रहीन वा गलत हुँदैन ।’ उनले उत्तर प्रदेशमै मनोज तिवारी, रवि किशन लगायतका कलाकार फिल्म क्षेत्रबाट राजनीतिमा आएकोले फिल्मबाट राजनीतिमा आउँदैमा यस्तो टिप्पणी गर्नु उचित नहुने बताइन् ।

इन्जिनियरिङकी ग्रयाजुएट र आमसंचारमा स्नातक गरेकी अर्चना २०१४ की मिस उत्तर प्रदेश समेत हुन् । बलिउड फिल्म ग्रेट ग्राण्ड मस्ती, हसिना पार्कर, बारात कम्पनीमा काम गरेकी उनले त्यसपछि दक्षिण भारतीइ फिल्म उद्योगमा काम गर्न थालिन् । उनको तमिल फिल्म गुण्डाज यही जनवरी २८ मा रिलिज हुँदैछ । अर्को तेलुगु फिल्म आइपिएल पनि छिटै रिलिज हुँदैछ । यो खबर डिसि नेपालमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय