शुक्रबार , चैत्र १६, २०८०

नेपाली राजनिती,

राजनीतिक विश्लेषक अरुण सुवेदीले अहिले चुनावको कारण संकटको अवस्था माधव कुमार नेपाललाई रहेको बताएका छन् ।

उनले अहिले माधव नेपालको राजनीति धरापमा रहेको दाबी गरे ।

हिजो राति प्राईम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब हुने निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट जित्नपनि माधव नेपाललाई भयंकर ठूलो संघर्ष गर्नुपर्ने टिप्पणी गरे ।

उनले यदि प्रत्यक्ष निर्वाचनतर्फ कसैसँग पनि गठबन्धन नगर्ने हो भने माधव नेपालको पार्टीले एक सिट पनि नजित्ने ठोकुवा गरे ।

उनले अहिलेको पाँच दलीय सत्तारुढ गठबन्धन स्वभाविक नभएको जिकिर गरे । उनले प्रचण्डले आगामी निर्वाचनमा केपी ओलीसँग पनि गठबन्धन गर्नसक्ने दाबी गरे । यो खबर साभार गरियको हो । साभार अोटिभी नेपाल । यता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी का केन्द्रीय परिषद् सदस्य सरोज यादवले पार्टी छाडेर एमालेमै फर्किने भएका छन् ।

‘समाजवादको यात्रामा अघि बढेको पार्टी पुरानै शैलीमा चल्यो’, उनले भने, ‘म कसैलाई गाली गर्दिनँ। तर पार्टी पुरानै एजेन्डा र शैलीमा चलेपछि एकीकृत समाजवादी त्यागेको हुँ।’

उनले अब आफू एमालेमा फर्किने तयारीमा रहेको पनि जानकारी दिएका छन्। ‘एमालेमै फर्किने निर्णय लिएको छु’, उनले भने, ‘पार्टीमा जाँदा बखान गर्ने र छाड्दा गाली गर्नु ठीक होइन। म कसैप्रति पनि नकारात्मक टिप्पणी गर्ने पक्षमा छैन।’

यादव महोत्तरीको औरही नगरपालिका निवासी हुन्। उनले पार्टी नयाँ बने पनि कुनै किसिमको नयाँपन आफूले महसुस गर्न नसकेकाले एमालेमै फर्किने निर्णय लिएको बताएका छन्।

यादव २०७५ जेठ ३ गते नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकीकरणपछिको नेकपा रहुन्जेल महोत्तरी जिल्ला सचिवका रुपमा सक्रिय थिए। उनी एमालेको भ्रातृ संगठन अनेरास्ववियुको केन्द्रीय सचिव पनि भएका थिए।

हिजो मात्र नेकपा एमाले बझाङ जिल्ला कमिटी सदस्य एवम् बित्थडचिर गाउँपालिका ५ का वडाध्यक्ष करवीर बोहोरासहित चार जना माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी एस मा प्रवेश गरेका थिए ।

उनीहरूलाई पार्टी केन्द्रीय सचिव एवम् शहरी विकासमन्त्री रामकुमारी झाँक्री र केन्द्रीय सदस्य मोहन गौतमले मंगलबार स्वागत गरेका थिए । यो खबर अोटीभी नेपालमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय