बिहिबार , चैत्र १५, २०८०

राजनिती,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेताका रुपमा देखिएका छन् ।

मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् । मोदीको एप्रोभल रेटिङ ७१ प्रतिशत छ ।

१३ जना नेताहरुको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा छन् । बाइडेनको एप्रोभल रेटिङ ४३ प्रतिशत छ । बाइडेनको पछि क्रमश क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन छन् ।

मोदीपछि मेक्सिकोका राष्ट्रपति लोफेज ओब्रादर दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा इटालीका प्रधानमन्त्री मारियो ड्राघी छन् ।

ओब्रादर र ड्राघीको एप्रोभल रेटिङ ६६ र ६० प्रतिशत छ । साभार खबर यता अर्को खबरमा र्थमन्त्री जनार्दन शर्माले अहिलेको अर्थतन्त्रको अवस्था यो सरकारको कारण नभएर अघिल्लो ओली सरकारले बनाएको नीतिको कारण भएको बताएका छन्।

बुधबार अर्थ मन्त्रालयमा निजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्दै मन्त्री शर्माले अघिल्लो सरकारले बनाएको अर्थतन्त्रको नीतिको परिणाम यो सरकारले भोगि रहेको बताएका हुन्।

मन्त्री शर्माले भने, ‘आजको अर्थतन्त्र आज देखिने होइन। आज सरकारले गरेका काम भोलि देखिने हो। हामीले हिजो भएका काम आज देखिदै छ। हामीले हिजोको सरकारले गरेका कामको परिणाम भोगि रहेका छौं।

सरकारले आजको आजै अर्थतन्त्र उलटपुलट गर्न सकिदैन। साना साना काम गर्न सकिएला तर हिजोदेखि बनाएका नीतीहरुले पारेको प्रभावको हामीले जिम्मेवारी लिएर समाधान गर्न कुरामा पतिवद्ध रहेको छ। अझै बैंकिङ क्षेत्रसँग गहन छलफल गर्नु पर्ने देखिएको छ।’

अर्थमन्त्री शर्माले अहिले सरकारले तत्काल गर्न नीतिगत व्यवस्थाको विषयमा काम गरिरहेको बताए। उनले सरकारले निजी क्षेत्रका सबै व्यवसायीहरुसँग छलफल गरेर आगामी दिनमा अगाडि बढ्ने बताए। अहिले सरकारले विप्रेशण (रेमिटेन्स) सञ्चयकोष बनाउने गरी कार्यविधि बनाउँदै गरेको बताए।

संबन्धित अर्को खबर अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्री जनार्दन शर्माले हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिएका थिए । तर त्यसको लक्ष्य पुरा हुने कुनै सं केतसम्म देखिएको छैन । बरु आर्थिक रुपले देश टाट पल्टिने दिशामा उन्मुख छ ।

आजभन्दा करिब ६ महिना अघि असार २९ मा प्रधानमन्त्री शेरबहादुर देउवासँगै अर्थमन्त्रीको जिम्मेवारी लिएका जनार्दन शर्माले भनेका थिए ‘कति गरीब भएर बस्नु, अब केही समयभित्रै समृद्धिको जग बसाल्ने हो ।’

समृद्धिकै लागि जग बसाल्छु भनेर शर्माले उद्घोष गरेपछि विगतको कामलाई हेरेर धेरैले पत्याएका पनि थिए । तर आधा बर्ष वित्यो उनले बसालेको जग कता बसिरहेको छ, त्यसको त कुनै आधार देखिएको छैन । बरु देश आर्थिक रुपले धरासायी बनेको छ ।

शर्माकै पालामा बजेट निर्माणको ७० बर्षे इतिहासमा देश पहिलोपटक आर्थिक सटडाउनमा गयो । गैरका नुनी आर्जनलाई बल पुग्ने गरि आयस्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था गरे । सुधारका धेरै कुरा भाषणमा बोले तर तथ्यमा सुधारको सं केत नै देखिएन ।

विहिबारमात्रै सार्वजनिक नेपाल राष्ट्र बैंकको वित्तिय विवरणले पछिल्लो पाँच महिनाको आर्थिक अवस्था एकपछिअर्काे सं कटग्रस्त बनेको तथ्यांक सार्वजनिक गरेको छ । ५ महिनाको अवधिमा ४५ अर्बले बढेर १ सय ९५ अर्ब शोधनान्तर घाटा भएको छ ।

विदेशी मुद्रा सञ्चिती पौने २ खर्बले कमी आएको छ । चालु खाता ३ खर्ब ६९ करोडले घाटामा छ । व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भई ७३५ अर्ब ४९ करोड पुगेको छ । मृल्यवृद्धि ७ प्रतिशतले बढेर पाँच बर्षयताकै उच्चविन्दुमा छ ।

अर्थमन्त्री शर्माले हरेक महिना १० प्रतिशतका दरले खर्च गर्दै पुँजीगत खर्च ४० प्रतिशत पु¥याउने पूर्व उद्घोष गरेका थिए । तर तथ्यले करिब ९.५५ प्रतिशतमात्रै खर्च भएको देखाउँछ ।

म’हामारी लगायतका विषयमा राज्यले ठुलो लगानी गर्नुपर्नेछ । खोपमा उस्तै लगानी चाहिएको छ । बैंकहरुमा उत्तिकै तरलता छ । ठुला आयोजना तुष पल्टाएर विकास खर्चसमेत गर्न नसक्ने अवस्थामा शर्मा अर्थमन्त्री नै छन् । यहाँ एउटा मन्त्री सफल हुने नहुने मात्रै नभएर सिंगो जनताको जीवनस्तरमाथि प्रश्न उठिरहेको छ ।

केही समय अघि श्रीलंकाको हालत यही अवस्थाको थियो । विदेश ऋण र ढुकुटी रित्तिएपछि अहिले आर्थिक संकटकाल चलिरहेको छ । कर्मचारीलाई तलब खुवाउने पैसासमेत नभएपछि अन्य देशसँग हात फिजाएर माग्नु परिरहेको छ । हाम्रो देशका अर्थमन्त्रीले समेत देशलाई कुनदिन श्रीलंकाकै अवस्थामा पु¥याउने हो चि न्ता पैदा भएको छ । भिडियो हेर्नुस,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय