शुक्रबार , बैसाख ७, २०८१

विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल कतारसंग पराजित भएको छ ।

नेपालले दिएको १२३ रनको लक्ष्य पछ्याएको कतारले ६ विकेटको क्षेतीमा लक्ष्य पुरा गर्न सफल भएको हो ।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धा्रित २० ओभरमा सबै विकेट गुमाएर १२२ रनको मध्यम योगफल खडा गरेको थियो ।

१० वर्षपछि पहिलोपल्ट कतारसँग खेलेको नेपाली टोलीका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । उनीहरुले ४९ रनको साझेदारी गरेका थिए ।

छैटौँ ओभरको अन्तिम बलमा पारस २८ रनको स्कोरमा आउट भए । उनले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । ८.२ ओभरमा उपकप्तान मल्ल पनि २४ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन जोडेर आउट भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय