मंगलबार , चैत्र ६, २०८०

नेपाली राजनिती,

काठमाडौँ /

हिमानीले केहि समयको लागि नेपाल छोडेकी छन् ।

अमेरिकामा बसोबास गर्ने नेपालीहरूले हिमानी शाहलाई अमेरिकामा स्वागत गरेका गरेका छन् । उनी मंगलबार अमेरिकाको डिसी महानगर क्षेत्रमा रहेको डालस अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी हुन् ।

हिमानी ट्रस्ट युएसएको कार्यक्रमका लागि अमेरिका गएको आयोजकहरूले जानकारी दिएका छन् । विमानस्थलमा ट्रस्टका पदाधिकारीहरूले उनलाई पुष्प गुच्छा तथा खादाले स्वागत गरेका थिए ।

विमानस्थल पुग्नेहरूमा ट्रस्टका अध्यक्ष हरि शर्मा, महासचिव आनन्दु लामा, सामाजिक अभियन्ता अनिल पाण्डे , अरुण रुपाखेती, ट्रस्टका केन्द्रीय सदस्य मोहन निरौला,चर्चित समाचार वाचिका रमा सिंहलगायत थिए ।

हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन् । समाजसेवामा सक्रिय रहेकी उनी ट्रष्टको शाखा उद्घाटन गर्न अमेरिका आइपुगेकी हुन् । यता अर्को खबर मा , कोरो नाभाइ रसको महामारीबीच नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले बुधबार रातिबाट लागूहुनेगरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरी १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ । एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको छ । निरन्तर पेट्रोलियम पदार्थको भाउ बढाइरहेको नेपाल आयल निगमले आफ्नो सञ्चित मुनाफा रित्तिए पछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै निगमले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था आएको जनाएको छ । यससँगै निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढाउने तयारी गरेको बुझिएको छ ।

सञ्चित मुनाफा शून्यमा पुगेकाका कारण आगामी साता भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नु पर्ने २ अर्ब रकम समेत अपुग भएको निगमले विज्ञप्तिमार्फत भनेको छ । विज्ञप्तिमा भनिएको छ, ‘आईओसीको २ अर्ब तिर्न ऋण लिनु पर्ने वा मूल्य स्थिरीकरण कोषको रकम चलाउनुपर्ने अवस्था सिर्जना भएको छ ।’

पुस मसान्तम्म निगम १९ अर्ब २६ करोड घाटामा गएको र माघ एक (जनावरी १६ तारिख) मा निगमलाई भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने निगमको विज्ञप्तिमा उल्लेख छ ।

हालसम्मको तेल खरिदको भूक्तानीका लागि निगमले सञ्चित मुनाफा, मूल्य स्थीकरण कोषमा पठाईने रकम र कर्मचारी बोनस तथा सुविधाबाट आईओसीलाई तिरिएको सहप्रवक्ता पुस्कार कार्कीले बताए ।

अब, मूल्य समायोजन गर्दै जाँदा पनि मासिक ४ अर्ब नोक्सानीमा निगम पुग्ने देखिएको र देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाई राख्न करिब १२ अर्ब रुपैयाँ थप आवश्यक पर्ने निगमले जनाएको छ । हाल निगमलाई पेट्रोलमा १३ रुपैयाँ १८ पैसा, डिजेलमा ८ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्यास एक सिलिण्डरमा ६४६रुपैयाँ १६ पैसा घाटा रहेको निगमको दाबी छ । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय