बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

काठमाडौं ।

पछिल्लो समय पूर्वसंस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री योगेश भट्टराई र बहालवाला मन्त्री प्रेम आले एक –अर्कावि रुद्ध उत्रिएको अवस्था छ ।

बतास समूहले नारायणहिटी संग्रहलयमा रेस्टुरेन्ट ९क्याफेटेरिया० सञ्चालन गर्ने, पशुपतिस्थित धर्मशाला पनि सोही समूहलाई सस्तो मूल्यमा भाडामा दिने प्रकरणमा पूर्वमन्त्री भट्टराई मु छिएका छन् ।

भट्टराई पर्यटनमन्त्री भएको बेला भाडामा दिएको नारायणहिटीको रेस्टुरेन्ट मन्त्री आलेले भ त्काइदिएपछि उनीहरूको बीच वि वाद चर्किएको हो ।

अहिले अधिकांश मिडियाले नाराहिटी र धर्मशाला प्रकरण र पूर्वमन्त्री भट्टराईलाई प्राथमिकतामा राखेर समाचार बनाइरहेका छन् । सामाजिक सञ्जालमा पनि उनको आलोचना गर्ने धेरै छन् ।

यसै सन्दर्भमा नेकपा (एमाले)की सासद नवीना लामाले योगेश भट्टराईको बचाउ गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले भट्टराईमाथि आ रोप लगाउन छुट नभएको बताएकी छिन् ।

‘सही के हो रु गलत के हो ? बाहिर ल्याउने पो पत्रकारिता हो ? हाम्रो नेतामाथि यसरी आ रोप लगाउन कुनै माइकलाललाई छुट छैन ’, उनले फेसबुकमा लेखेकी छिन् ।सो अवसरमा लामाले नेता भट्टराईसँग इतिहासको विरासत भएको दाबी गरेकी छिन् । उनले भट्राईवि रुद्ध चुरीफुरी गर्ने र जिस्किनेहरू सिद्धिने दा बी गरेकी छिन् ।

‘क्षमता, अनुभव, सही भिजन छ । चुरीफुरी गर्ने गरेर जिस्किने तिमीहरू सुकेर अन्त्य भएर जाने हो, हो सियार भएको राम्रो हुनेछ’, उनले लेखेकी छिन् ।

लामाको अभिव्यक्ति
सही के हो ? गलत के हो ? बाहिर ल्याउने पो पत्रकारिता हो ? हाम्रो नेतामाथि यसरी आ रोप लगाउन कुनै माइकलाललाई छुट छैन । माननीय योगेश भटराईसँग इतिहासको विरासत छ । क्षमता, अनुभव, सही भिजन छ । चुरीफुरी गर्ने गरेर जिस्किने तिमीरू सुकेर अन्त्य भएर जाने हों, हो सियार भएको राम्रो हुनेछ । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय