शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिति,

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ।

भेटघाटको क्रममा स्थानीय तहको निर्वाचनको मिति तोक्ने लगायतका विषयमा छलफल भएको स्रोतले बतायो।

स्थानीय तहको निर्वाचनको मिति तोक्ने सत्ता गठ बन्धनलाई टाउको दुखाइको विषय बनेको छ। मंगलबार बसेको सत्ता गठबन्धको बैठकले वैशाखमै निर्वाचन गर्ने सहमति भए पनि मितिको टुंगो लगाउन सकेको छैन।

सोही विषयमा छलफल गर्न प्रधानमन्त्री निवासमा बालुवाटारमा भएको छलफलमा चुनाव केन्द्रीत वार्ता भएको बताइएको छ।

‘प्रधानमन्त्री देउवा र प्रचण्ड बीच स्थानीय तहको निर्वाचन केन्द्रीत छलफल भएको हो। वैशाखमै गर्नुपरे कति गते गर्ने वा सार्नपरे कहिलेलाई सार्ने विषयमा छलफल केन्द्रीत रहेको थियो,’ खुमलटार स्रोतले भन्यो। प्रधानमन्त्री देउवा र प्रचण्डबीच गम्भीर छलफल भएको बताइएको छ।

त्यस्तै दुईबीच नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दीको विषयमा पनि छलफल भएको छ। कोसलाई एआइजीमा ल्याउने विषयमा छलफल भएको स्रोतले बतायो।

यसअघि सोमबार प्रधानमन्त्री देउवा र प्रचण्डबीच पनि ‘वान टु वान’ वार्ता भएको थियो। भेटवार्तामा माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचन र आउँदो स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको छ।

कोरोना संक्रमण भएपछि राजनीतिक भेटवार्ता स्थगित गरेका माओवादी केन्द्रका अध्यक्ष दाहालले आजदेखि भेटघाट सुरु गरेका हुन्। त्यसैअनुसार उनले कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

आइतबार कोरोना संक्रमणमुक्त भएपछि उनी बिहानै प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए। प्रचण्डले महत्त्वपूर्ण राजनीतिक भेटवार्ता सुरु गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

प्रमुख प्रतिपक्षी दलले स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई दबाब दिँदै आएको छ। निर्वाचन आयोगले पनि कानुनअनुसार वैशाखमा जसरी पनि स्थानीय तहको निर्वाचन गराउन सरकालाई ताकेता गर्दै आएको छ। यो खबर साभार गरियको हो । साभार दैनिक न्युज नेपालबाट साभार ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय