बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

काठमाडौं ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस भित्र आन्तरिक कलह फेरि बल्झिएको छ ।

१४औं महाधिवेशन सम्पन्न भएको दुई महिना पुग्न नपाउँदै आन्तरिक कलह बल्झिनु दुःखद् भएको नेताहरु बताउँछन् ।

अहिले सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका नेता शेखर कोइरालाले अब चुप लागेर नबस्ने चेतावनी दिईसकेका छन् ।यसअघि सभापतिमा पराजित भएपछि गरिएको पत्रकार सम्मेलनमा उनले आफ्नो समूहले पार्टीमा भागबण्डाको राजनीति नगर्ने सार्वजनिक रुपमै बताएका थिए ।

तर, सभापति देउवाले केन्द्रीय सदस्यहरु मनोनितसम्म आईपुग्दा एकलौटी गरेको र वरियताक्रम तोक्दासमेत पूर्वाग्रह पालेको शेखर समूहको निश्कर्ष छ ।पछिल्लो समय शेखर समूहले काठमाडौंका सिंहदरबार छेउमै रहेको बसेरा बुटिक होटलमा छुट्टै भेला राखेको थियो ।

त्यसमा सभापति देउवाले यसैगरि पेलेर गए अब सहेर नबस्ने नेताहरुले निश्कर्ष निकालेका थिए ।यसअघि सभापतिमा देउवासँग १३औं महाधिवेशनमा पराजित भएका वरिष्ठ नेता रामचन्द्र पौडेलले ४० प्रतिशतको भागबण्डा लिएर राजनीति गरेको आरोप छ ।

तर, यसपटक शेखर समूहले आफूहरुले कुनै भागबण्डा नखोज्ने बताईसकेको छ । पार्टीलाई विधिसम्मत् चलाउनुपर्ने र गुटको राजनीति गर्न नहुने उनीहरुको जोड छ ।

सभापति देउवाले एकपछि अर्को गरेर एकलौटी निर्णय गर्दै गए अब नसहने बरु भागबण्डा खोजेर भएपनि अघि बढ्नुपर्नेमा आफ्नो समूहका नेताहरुले शेखरलाई दबाब दिईरहेका छन् । आगमी बैशाखमा हुने स्थानीय तहको निर्वाचनको मुखसम्म कांग्रेसभित्रको आन्तरिक विवाद सतहमा आईसक्ने कांग्रेस नेताहरुको नै टिप्पणी छ । यो खबर दैनिक न्युज नेपालमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय